logo

बिहिबार, माघ १ २०८२

kantipurpationlinetv

२०८२ माघ १ बिहिबार

लोकसंचारकर्मी नेपाल बागमती प्रदेश विस्तार, विनोद श्रेष्ठको अध्यक्षतामा १७ सदस्य पदाधिकारी चयन

लोकसंचारकर्मी नेपाल बागमती प्रदेश विस्तार, विनोद श्रेष्ठको अध्यक्षतामा १७ सदस्य पदाधिकारी चयन


  • आइतबार, पुष १२ २०८२
  • 6K
    SHARES

    राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले संगठनलाई सातै प्रदेशमा विस्तार गर्ने लक्ष्यअनुसार बागमती प्रदेशमा आफ्नो प्रदेश शाखा औपचारिक रूपमा विस्तार गरेको छ। शनिबार काठमाडौंको नयाँबजारस्थित सगुन क्याफेमा आयोजित कार्यक्रममा संस्थाका केन्द्रीय उपाध्यक्ष तथा बागमती प्रदेश इन्चार्ज हरि दुलालको सभाध्यक्षतामा बागमती प्रदेशको १७ सदस्यीय प्रदेश कार्यसमिति घोषणा गरिएको हो।

    कार्यक्रममा संस्थाका केन्द्रीय अध्यक्ष चन्द्रमणी गौतम, बरिष्ठ उपाध्यक्ष शुदर्शन आचार्य तथा सचिव एवं कर्णाली प्रदेश इन्चार्ज कमल सरगमको विशेष उपस्थिति रहेको थियो। नवगठित बागमती प्रदेश कार्यसमितिको अध्यक्षमा विनोद श्रेष्ठ चयन हुनुभएको छ।

    त्यसैगरी बरिष्ठ उपाध्यक्षमा गीता शर्मा (एन्जिला), उपाध्यक्षमा शान्तना सापकोटा, सचिवमा अनिता कुमारी थापा मगर, सह–सचिवमा भिमसेन थापा, कोषाध्यक्षमा सुमन अधिकारी तथा सह–कोषाध्यक्षमा सम्झना गौतम चयन हुनुभएको छ। प्रवक्ता तथा प्रचार–प्रसार संयोजकको जिम्मेवारी भिम पौडेलले सम्हाल्नुभएको छ। सदस्यहरूमा उत्तम आले, तीर्थ बस्नेत, आत्मराम थापा, किशोर गुरुङ, आर.पी. सापकोटा, रामकुमार तामाङ र वसन्त भण्डारी, अशोक श्रेष्ठ , कृष्ण न्यौपाने रहनुभएको छ।

    सभाध्यक्ष तथा संस्थाका केन्द्रीय उपाध्यक्ष एवं बागमती प्रदेश इन्चार्ज हरि दुलालले देशको मुटु मानिने बागमती प्रदेशबाट गठित नयाँ नेतृत्वले बागमती प्रदेश मात्र नभई समग्र नेपाली लोकगीत–संगीतको संरक्षण, प्रवर्द्धन र उन्नयनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

    संस्थाका केन्द्रीय अध्यक्ष चन्द्रमणी गौतमले नवगठित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै संस्थाको नीति, विधान र मर्यादाभित्र रही सक्रिय रूपमा काम गर्न आग्रह गर्नुभयो। त्यसैगरी बरिष्ठ उपाध्यक्ष शुदर्शन आचार्य र सचिव कमल सरगमले पनि नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै लोकसंगीतको पहिचान उजागर गर्न सञ्चारकर्मीहरूको भूमिका निर्णायक हुने उल्लेख गर्नुभयो।

    नवनियुक्त अध्यक्ष विनोद श्रेष्ठले संस्थालाई देशकै उत्कृष्ट लोक सञ्चारकर्मी संस्था बनाउने लक्ष्यसहित निरन्तर सेवा, सहकार्य र सकारात्मक सन्देश प्रवाह गर्दै संस्थाका गतिविधिहरूलाई सशक्त रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech