logo

बिहिबार, पुष २३ २०८२

kantipurpationlinetv

२०८२ पुष २३ बिहिबार

जनशक्ति व्यवस्थापनमा आईजीपी दान कार्कीको ‘बोल्ड’ निर्णय: अब पदस्थापन भएको कार्यालयमा हाजिर भएपछि मात्र दर्ज्यानी चिन्ह

जनशक्ति व्यवस्थापनमा आईजीपी दान कार्कीको ‘बोल्ड’ निर्णय: अब पदस्थापन भएको कार्यालयमा हाजिर भएपछि मात्र दर्ज्यानी चिन्ह


  • शनिबार, पुष १८ २०८२
  • 5.2K
    SHARES

    नेपाल प्रहरीमा जनशक्ति परिचालन तथा व्यवस्थापनलाई व्यवस्थित बनाउने उद्देश्यले प्रहरी नेतृत्वले एक ‘बोल्ड’ निर्णय गरेको छ। बढुवा भएर पदस्थापन भएका प्रहरी कर्मचारीले अब पदस्थापन भएको कार्यालयमा हाजिर भएपछि मात्र दर्ज्यानी चिन्ह लगाउन पाउने भएका छन्।

    शुक्रबार प्रहरी नेतृत्वले यस्तो निर्णय गरेको हो। प्रहरी प्रधान कार्यालयका अनुसार यो व्यवस्था प्रहरी सहायक हवल्दारदेखि प्रहरी वरिष्ठ नायब निरीक्षकसम्म लागू हुनेछ।

    बढुवा भएपछि पनि साविककै कार्यालयमा लामो समयसम्म बसेर पदस्थापन भएको कार्यालयमा नजाने प्रवृत्ति बढ्दै गएको भन्दै त्यसलाई नियन्त्रण गर्न यो निर्णय लिइएको जनाइएको छ। यससम्बन्धी परिपत्र शुक्रबार नै देशभरका प्रहरी कार्यालयहरूमा पठाइसकिएको छ।

    विशेषगरी आकर्षक कार्यालयमा कार्यरत कतिपय प्रहरी कर्मचारीहरू बढुवापछि पनि त्यहीँ बसिरहने प्रवृत्तिका कारण कतै प्रहरी जनशक्ति अत्यधिक र कतै न्यून हुने समस्या देखिँदै आएको थियो। सो असन्तुलन हटाउन प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नीतिगत निर्णयमार्फत सुधार प्रक्रिया अघि बढाएका हुन्।

    प्रहरी संगठनभित्र यो निर्णयलाई जनशक्ति व्यवस्थापनलाई अनुशासित, पारदर्शी र प्रभावकारी बनाउने दिशामा गरिएको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech