logo

बिहिबार, पुष २३ २०८२

kantipurpationlinetv

२०८२ पुष २३ बिहिबार

एसएसपी होबिन्द्र बोगटीको नेतृत्वमा ललितपुरमा शान्ति–सुरक्षाको नयाँ गति

एसएसपी होबिन्द्र बोगटीको नेतृत्वमा ललितपुरमा शान्ति–सुरक्षाको नयाँ गति


  • शनिबार, पुष १८ २०८२
  • 5.5K
    SHARES

    एसएसपी होबिन्द्र बोगटीले ललितपुर प्रहरीको नेतृत्व सम्हालेको करिब तीन महिना पुगेको छ। यस अवधिमा जिल्लाको शान्ति–सुरक्षा व्यवस्थापन र अपराध अनुसन्धानका क्षेत्रमा उल्लेखनीय तथा प्रभावकारी कामहरू भएका छन्।

    एसएसपी बोगटीले कार्यभार सम्हाले लगत्तै जे–एनजी आन्दोलनका क्रममा भएका आगजनी र लुटपाटका घटनापछि बिग्रिएको सुरक्षा अवस्थालाई सामान्यीकरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। उनको नेतृत्वमा सुरक्षा संयन्त्रलाई सक्रिय बनाउँदै जिल्लामा पुनः शान्त वातावरण कायम गरिएको छ।

    धापाखेलमा भएको एक इन्जिनियरको हत्या घटनाको अनुसन्धान र संलग्नहरूको पहिचान गर्ने कार्यलाई पनि बोगटीको नेतृत्वमा उल्लेखनीय प्रगति भएको छ। साथै आन्दोलनका क्रममा लुटिएका हतियारहरूको खोजी तथा बरामद कार्यलाई तीव्रता दिइएको छ।

    जे–एनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका विभिन्न प्रहरी एकाइहरूलाई पुनः सञ्चालनमा ल्याउन र स्थानीय समुदायको सहकार्यमा भौतिक संरचना निर्माण गर्न एसएसपी बोगटी सक्रिय रूपमा जुटिरहेका छन्। “जनताको सेवामा समर्पित, पारदर्शी र प्रभावकारी पुलिसिङ” उनको प्रमुख एजेन्डा रहेको बताइन्छ।

    यसअघि केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) मा कार्यरत रहँदाको अनुभवलाई उपयोग गर्दै उनले ललितपुरमा बढ्दो अनलाइन जुवा, कल सेन्टरमार्फत हुने ठगी तथा सहकारीसम्बन्धी वित्तीय अपराधको अनुसन्धानलाई कडाइका साथ अघि बढाएका छन्।

    एसएसपी बोगटी नेपाल प्रहरीभित्र शान्ति–सुरक्षा व्यवस्थापन तथा गम्भीर अपराध अनुसन्धानमा अनुभवी अधिकृतको रूपमा चिनिन्छन्।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech