काठमाडौं । चलचित्र ‘गोबर गणेश’को ट्रेलर युट्युब ट्रेन्डिङको एक नम्बरमा आइपुगेको छ । शुक्रबार रिलिज भएको ट्रेलर युट्युब ट्रेन्डिङको एक नम्बरमा आइपुगेको हो ।
आमा र छोराका इमोस्नल सम्बन्ध र छोराले सहरमा गरेको संघर्षलाई ट्रेलरले समेटेको छ । दुई दिमा २१ लाखभन्दा धेरैले हेरेको ट्रेलर राम्रो लागेको प्रतिक्रिया दर्शकले दिइरहेका छन् ।
ट्रेलरहमा ६५ हजारभन्दा धेरै लाइक र १२ सयभन्दा धेरै कमेन्ट आएका छन् । ट्रेलरमा कथा मन परेको र सिनेमा पनि राम्रो रहेको अपेक्षा गरिएको कमेन्टमा देख्न सकिन्छ । कमेडीको फ्लेबर ट्रेलरमा देखिएको छ, यसकारण पनि ट्रेलरलाई दर्शकले रुचाएका छन् ।
नेपाली चलचित्रको ट्रेलर युट्युब ट्रेन्डिङमा एक नम्बरमा आएको यो धेरै लामो समयपछि हो । यसले चलचित्र ‘गोबर गणेश’ दर्शकको प्रतिक्षा रहेका प्रष्ट पार्छ ।
“दर्शकले दिनुभएको यो मायाले हामीलाई थप उत्साहित बनाएको छ,” निर्देशक मरिचमान श्रेष्ठ (धुर्वे) भन्छन्, “सिनेमा पनि यसैगरी मन पराइदिनुहुन्छ भन्ने हाम्रो विश्वास छ ।” आम नेपालीको कथा सिनेमाले उठान गरेकाले चलचित्र धेरैले रिलेट गर्ने उनी बताउँछन् ।
चलचित्र ‘गोबर गणेश’ माघ १ गते रिलिज हुँदै छ । ‘गोबर गणेश’लाई मरिचमान श्रेष्ठ (बल्छी धुर्वे)ले निर्देशन गरेका छन् ।
बल्छी धुर्वे फिल्मसको प्रस्तुतिमा निर्माण भइरहेको यो चलचित्रमा बल्छी र वर्षा शिवाकोटीसँगै विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछानेलगायत छन् ।
तारानाथ न्यौपाने चिफ एडी रहेको चलचित्रमा योगेश काजी शाहको बीजीएम, शंकर पाण्डेको प्रोडक्सन, शिवराम श्रेष्ठको डीओपी र विपीन मल्लको सम्पादन रहनेछ ।
टौवा स्टुडियोको पब्लिसिटी डिजाइन रहने चलचित्रको डिजिटल पार्टनरमा ओएसआर डिजिटल रहेको छ । नेपालमा यो चलचित्रको वितरण श्री ब्याकटेस इन्टरटेनमेन्टले गर्नेछ ।

-
दुष्प्रचार गरिएको भन्दै गोरखा १ का उम्मेदवार खत्रीद्वारा निर्वाचन आयोग र प्रेस काउन्सिलमा उजुरी
-
निर्वाचनको मुखमा चरित्र हत्या गर्ने प्रयास, भ्रममा नपर्न आग्रह
-
प्रकाशचन्द्र दवाडीलाई हरि घलेको आशीर्वाद: चुनाव जितेपछि मन्त्री बन्ने विश्वास व्यक्त
-
भ्रमपूर्ण प्रचारप्रति तरुण दल नुवाकोटको आपत्ति
-
नेपाली काङ्ग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडीद्वारा घोषणा–पत्र सार्वजनिक