काठमाडौँ: नेपाली सेनाका पूर्व उपरथी बाबुराम श्रेष्ठले प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखा क्षेत्र नम्बर–२ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्।
सिरान्चोक गाउँपालिका–८, जौबारीका स्थायी बासिन्दा श्रेष्ठले सामाजिक सञ्जालमार्फत फागुन २१ गते हुने निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।
उम्मेदवारी घोषणा गर्दै उनले जेन–जी आन्दोलनको ऊर्जा र शहीदहरूको बलिदानलाई आत्मसात् गर्दै नयाँ सोच र विकासको स्पष्ट खाकासहित बाँकी जीवन गोरखाको समृद्धिका लागि समर्पण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले विधि र प्रक्रिया अनुसार आवश्यक सबै कामहरू क्रमिक रूपमा अघि बढाउने जनाउँदै सबैको सहयोगको याचना समेत गरेका छन्।
पूर्व उपरथी श्रेष्ठ सिभिल इन्जिनियरिङ पृष्ठभूमिसहित नेपाली सेनामा लामो समय सेवा गरेका व्यक्ति हुन्। उनले सिभिल इन्जिनियरिङको ज्ञान र सेनाबाट सिकेको अनुशासनलाई जन्मभूमिको सेवामा प्रयोग गर्ने उल्लेख गर्दै आर्थिक तथा सामाजिक रूपान्तरणको लक्ष्यसहित गोरखा–२ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्।
-
दुष्प्रचार गरिएको भन्दै गोरखा १ का उम्मेदवार खत्रीद्वारा निर्वाचन आयोग र प्रेस काउन्सिलमा उजुरी
-
निर्वाचनको मुखमा चरित्र हत्या गर्ने प्रयास, भ्रममा नपर्न आग्रह
-
प्रकाशचन्द्र दवाडीलाई हरि घलेको आशीर्वाद: चुनाव जितेपछि मन्त्री बन्ने विश्वास व्यक्त
-
भ्रमपूर्ण प्रचारप्रति तरुण दल नुवाकोटको आपत्ति
-
नेपाली काङ्ग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडीद्वारा घोषणा–पत्र सार्वजनिक