समाजसेवी तथा चर्चित टिकटकस्टार अंशु वर्माको प्रस्तुतिमा नयाँ गीत ‘भुपु माया रिटर्न्स’ सार्वजनिक भएको छ। अंशु वर्माको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतले छोटो समयमै दर्शक–श्रोताबाट उल्लेखनीय सकारात्मक प्रतिक्रिया बटुल्न सफल भएको छ। सार्वजनिक भएसँगै गीत टिकटकमा समेत भाइरल बन्दै तहल्का मच्चाइरहेको छ।
भुपु मायाको सम्झनामा तयार पारिएको यो गीत बहुचर्चित गायक प्रमोद खरेलको सुमधुर तथा भावुक स्वरमा सजिएको छ। गीतका शब्द तथा लय रोशन सिंहले तयार पारेका हुन् भने संगीत संयोजन विशाल निरौलाले गरेका छन्। गीतको रेकर्डिङ मारुनी डिजिटल रेकर्डिङ स्टुडियोमा गरिएको हो।
“यो मुटु रेटियो, तिमी बिना मर्छु भन्ने लाई जिउँदै भेटियो” जस्ता गहिरा भाव बोकेका शब्दहरूले गीतमा प्रेम, विछोड र स्मृतिको पीडालाई सशक्त रूपमा प्रस्तुत गरेको छ। गीतका शब्द र भावले श्रोतालाई चसक्क छुने प्रतिक्रिया दर्शकहरूले दिएका छन्।
विक्रम चौहानको कथा तथा निर्देशनमा तयार भएको म्युजिक भिडियोमा समाजसेवी अंशु वर्मासँगै जानकी भट्ट, प्रवीन आचार्य तथा बाल कलाकार एलेक्स खड्का र आर्यन रोकायको अभिनय देख्न सकिन्छ। गीतको म्युजिक भिडियोको छायाङ्कन टिकटक स्टार अंशु वर्माले कीर्तिपुरमा सञ्चालन गर्दै आएको चिया बगानमा गरिएको हो, जसले भिडियोमा छुट्टै मौलिकता थपेको छ। प्रकाश खड्का र उनको टिमले छायाङ्कन गरेको म्युजिक भिडियोलाई मिलन विश्वकर्माले आकर्षक ढङ्गले सम्पादन गरेका छन्।
अंशु वर्मा अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको ‘भुपुमाया रिटर्न्स’ ले युट्युबसँगै टिकटकमा पनि अत्यधिक चर्चा पाइरहेको छ। यसअघि पनि अंशु वर्माले प्रमोद खरेलको स्वरमा ‘भुपुमाया’ सिरिजलाई सिक्वेल ५ सम्म बजारमा ल्याइसकेका थिए, जसले राम्रो लोकप्रियता कमाएको थियो। भावना, संगीत र कथावस्तुको उत्कृष्ट संयोजन रहेको ‘भूपु माया रिटर्न्स’ ले दर्शक–श्रोताको मन जित्ने विश्वास गरिएको छ।
गीतको म्युजिक भिडियो हेर्नुहोस्:
-
प्रकाशचन्द्र दवाडीलाई हरि घलेको आशीर्वाद: चुनाव जितेपछि मन्त्री बन्ने विश्वास व्यक्त
-
‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई, इतिहासमा पहिलो महिला विजेता
-
भ्रमपूर्ण प्रचारप्रति तरुण दल नुवाकोटको आपत्ति
-
नेपाली काङ्ग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडीद्वारा घोषणा–पत्र सार्वजनिक
-
तीन दिनदेखि अस्पतालमा जेरी: यस्तो छ पछिल्लो स्वास्थ्य अवस्था