logo

बिहिबार, माघ १ २०८२

kantipurpationlinetv

२०८२ माघ १ बिहिबार

शेखर कुमार शाहको नेतृत्वमा नयाँ बसपार्कमा राइड सेयर चालकलाई ट्राफिक सुरक्षा सचेतना कार्यक्रम

शेखर कुमार शाहको नेतृत्वमा नयाँ बसपार्कमा राइड सेयर चालकलाई ट्राफिक सुरक्षा सचेतना कार्यक्रम


  • सोमबार, पुष २७ २०८२
  • 4.4K
    SHARES

    ‘दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२’ अन्तर्गत ट्राफिक प्रहरी वृत्त, नयाँ बसपार्कद्वारा सोमबार राइड सेयर बाइक चालकहरूसँग सचेतनामूलक कार्यक्रम आयोजित गरिएको छ।

    कार्यक्रमको नेतृत्व कार्यालय प्रमुख प्रहरी निरीक्षक शेखर कुमार साह ले गरेका थिए। यस कार्यक्रमअन्तर्गत सडक दुर्घटना न्यूनीकरण, पिक एण्ड ड्रप गर्दा अपनाउनुपर्ने सावधानी, प्रचलित ट्राफिक नियमको पालना र सडकमा ट्राफिक व्यवस्थापन सुदृढ बनाउने विषयमा चालकहरूलाई सचेतना दिइएको थियो।

    साथै, राइड सेयर चालकहरूले सवारी चलाउँदा ट्राफिक नियम पालन गर्ने, यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्ने र सुरक्षित तथा अनुशासित सडक संस्कृतिको विकासमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

    ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कले यस प्रकारका सचेतनामूलक कार्यक्रम निरन्तर सञ्चालन गर्दै सडक सुरक्षा र दुर्घटना न्यूनीकरणमा नागरिक सहभागिता बढाउने लक्ष्य राखेको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech