logo

मंगलबार, फाल्गुन ११ २०८२

kantipurpationlinetv

२०८२ फाल्गुन ११ मंगलबार

भ्रमपूर्ण प्रचारप्रति तरुण दल नुवाकोटको आपत्ति

भ्रमपूर्ण प्रचारप्रति तरुण दल नुवाकोटको आपत्ति


  • मंगलबार, फाल्गुन ११ २०८२
  • 6K
    SHARES

    नुवाकोट । नेपाल तरुण दल नुवाकोट क्षेत्र नं. १ ले आफ्नो नियमित संगठनात्मक कार्यक्रमलाई लिएर सामाजिक सञ्जालमा फैलाइएको भ्रमपूर्ण प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

    नेपाल तरुण दल नुवाकोट क्षेत्र नं. १ का सभापति शरण घलेको सभापतित्व तथा क्षेत्रीय कोषाध्यक्ष दिनेश थापाको संयोजकत्वमा २०८२ फागुन ९ गते आयोजना गरिएको कार्यक्रममा सहभागी तरुण कार्यकर्ताहरूका लागि सामान्य खानाको व्यवस्था गरिएको थियो। उक्त व्यवस्थालाई नेपाली काँग्रेसका उम्मेदवार डा. प्रकाशशरण महतसँग जोडेर गरिएको प्रचार तथ्यहीन र भ्रामक रहेको तरुण दलले स्पष्ट पारेको छ।

    संयोजक दिनेश थापाका अनुसार कार्यक्रम नेपाल तरुण दलका वार्षिक संगठनात्मक गतिविधिअन्तर्गत सञ्चालन गरिएको हो। पार्टीमा आवद्ध तरुण कार्यकर्ताहरूलाई नेपाली काँग्रेसका विभिन्न गतिविधिमा सक्रिय गराउने उद्देश्यले यस्ता कार्यक्रम नियमित रूपमा आयोजना हुँदै आएको उनले बताए।

    तरुण दलले निर्वाचन आचारसंहिता विपरीत सर्वसाधारण वा मतदातालाई प्रभावित पार्ने कुनै गतिविधि नगरेको र भविष्यमा पनि नगर्ने स्पष्ट गरेको छ। साथै, अनावश्यक रूपमा राजनीतिक भ्रम सिर्जना गर्ने प्रयास नगर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ।

    कार्यक्रमबारे फैलाइएको भ्रामक प्रचारप्रति खेद व्यक्त गर्दै तरुण दलले जनताको अन्तिम निर्णयलाई सदैव सम्मान गर्ने प्रतिबद्धता समेत दोहोर्‍याएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech