काठमाडौँ — काठमाडौँ महानगरपालिका वडा नम्बर २६, सामाखुसीस्थित वेदव्यास स्कुल एण्ड कलेजमा सरस्वती पूजाको अवसरमा भव्य तथा ऐतिहासिक कार्यक्रम सम्पन्न भएको छ। ज्ञान, विद्या र वाणीकी देवी माता सरस्वतीको विशेष पूजा आराधनासँगै विद्यालयले अक्षरारम्भ कार्यक्रम तथा अभिभावक दिवसलाई एकैसाथ उत्सवका रूपमा गरेको छ ।
माघ शुक्ल पञ्चमीको शुभ अवसरमा विद्यालय परिसरमा बिहानैदेखि विद्यार्थी, अभिभावक, शिक्षक तथा भक्तजनहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो। पञ्चेबाजाको मधुर धुनसँगै माता सरस्वतीको विधिपूर्वक पूजा सम्पन्न गरिँदा विद्यालय परिसर धार्मिक तथा सांस्कृतिक वातावरणले भरिएको थियो।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा साना बालबालिकाका लागि आयोजना गरिएको अक्षरारम्भ कार्यक्रम रहेको थियो। धार्मिक विश्वासअनुसार सरस्वती पूजाको दिन विद्यारम्भ गरेमा विद्या, बुद्धि र सफलता प्राप्त हुने मान्यताका आधारमा बालबालिकाहरूले श्रद्धापूर्वक अक्षरारम्भ गरेका थिए।
पूजापछि विद्यालयमा विभिन्न सांस्कृतिक प्रस्तुति तथा खेलकुद गतिविधिहरू आयोजना गरिए। शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई मेडल, ट्रफी तथा प्रमाणपत्र प्रदान गर्दै सम्मान गरिएको थियो।
विद्यालयका प्रधानाध्यापक ओमकार लम्सालका अनुसार अक्षरारम्भ कार्यक्रममार्फत मात्रै करिब ५० भन्दा बढी नयाँ विद्यार्थी भर्ना भएका छन्। साथै सरस्वती पूजाको अवसर पारेर प्ले ग्रुपदेखि कक्षा ९ सम्म विशेष छुटसहित भर्ना खुला गरिएको जानकारी पनि उनले दिए।
कार्यक्रमको अवसरमा विद्यालयबाट पञ्चेबाजासहित भव्य र्याली निकालिएको थियो। र्याली रानीबारी चोक हुँदै सामाखुसी चोक परिक्रमा गरी पुनः विद्यालयमै आएर समापन गरिएको थियो। र्यालीमा सहभागी विद्यार्थीहरूको उत्साहले सम्पूर्ण क्षेत्र उत्सवमय बनेको थियो।
स्थानीय अभिभावकहरूले वेदव्यास स्कुल एण्ड कलेजलाई गुणस्तरीय, अनुशासित र व्यवहारिक शिक्षा प्रदान गर्ने उत्कृष्ट शैक्षिक संस्थाका रूपमा प्रशंसा गरेका छन्। कलाकारका बच्चाहरुसमेत अध्ययन गर्ने यस विद्यालयप्रति अभिभावकहरूको विश्वास बढ्दो देखिएको छ।
सरस्वती पूजाको अवसरमा आयोजित यस कार्यक्रमले वेदव्यास स्कुल एण्ड कलेजलाई केवल शैक्षिक संस्था मात्र नभई संस्कार, संस्कृति र सिर्जनशीलताको केन्द्रका रूपमा स्थापित गर्दै लगेको सन्देश दिएको छ।
-
दुष्प्रचार गरिएको भन्दै गोरखा १ का उम्मेदवार खत्रीद्वारा निर्वाचन आयोग र प्रेस काउन्सिलमा उजुरी
-
निर्वाचनको मुखमा चरित्र हत्या गर्ने प्रयास, भ्रममा नपर्न आग्रह
-
चुनावी परिणामपछि प्रकाशचन्द्र दवाडीको सन्देश: गोरखाको विकासमा सधैँ साथ रहने प्रतिबद्धता
-
जहाँ संकट, त्यहाँ प्रेमः गोरखाको माटोले चिनेको एउटा निस्वार्थ नाम
-
गोरखा–२ मा कांग्रेस–प्रलोपा संयुक्त प्रचार, घरदैलो अभियान तीव्र