काठमाडौँ । मिडियाको आवरणमा आफ्नो चरित्र हत्या र दुष्प्रचार गरिएको भन्दै गोरखा क्षेत्र नं. १ का नेपाली कांग्रेसका उम्मेदवार प्रेम कुमार खत्रीले प्रेस काउन्सिल नेपाल र निर्वाचन आयोगमा उजुरी दिएका छन् ।
ईमेजखबर डटकम, लालिगुराँस डटकम लगायतका सञ्चार माध्यमले बिभिन्न भ्रम सृजना गर्ने र मतदाता प्रभावित पार्ने खालका सामाग्री प्रकाशन/प्रशरण गरेको भन्दै कानून बमोजिम कारबाहीको माग गर्दै काउन्सिल र आयोगमा उजुरी दर्ता गराएका हुन् ।
आफ्नो नेतृत्वमा रहेको एस द हिमालय ट्रेकिङ कम्पनीमाथि हालसम्म कुनै पनि निकायबाट फेक रेस्क्यु सम्बन्धमा कुनै छानबिन नभएको र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीबाट समेत कुनै सोधपुछ नभएको उनले भिडियो सन्देशमा बताएका छन् ।
उजुरी पत्रमा उम्मेदवार खत्रीले सम्बन्धित सञ्चार माध्यमले पत्रकार आचारसंहिता २०७३ र निर्वाचन आचारसंहिता २०८२ को ठाडो उल्लंघन गरेको उल्लेख गरेका छन् । प्रहरी वा सम्बन्धित पक्षको कुनै आधिकारिक प्रतिक्रिया बिना नै एकपक्षीय रूपमा चरित्र हत्या गर्ने उद्देश्यले समाचार सम्प्रेषण गरिएको खत्रीको दाबी छ ।
खत्रीले आफ्नो मान–प्रतिष्ठा र इज्जतमा आँच पुर्याउने नियतले गरिएको यस्तो दुष्प्रचारविरुद्ध तुरुन्त आवश्यक कानुनी कारबाही गर्न प्रेस काउन्सिल नेपालसमक्ष माग गरेका छन् । साथै, निर्वाचनको समयमा उम्मेदवारलाई हतोत्साहित बनाउन नियोजित/प्रायोजित रूपमा ल्याइएका यस्ता भ्रमको पछि नलाग्न खत्रीले आम मतदातालाई अपिल समेत गरेका छन् ।
-
दुष्प्रचार गरिएको भन्दै गोरखा १ का उम्मेदवार खत्रीद्वारा निर्वाचन आयोग र प्रेस काउन्सिलमा उजुरी
-
निर्वाचनको मुखमा चरित्र हत्या गर्ने प्रयास, भ्रममा नपर्न आग्रह
-
प्रकाशचन्द्र दवाडीलाई हरि घलेको आशीर्वाद: चुनाव जितेपछि मन्त्री बन्ने विश्वास व्यक्त
-
भ्रमपूर्ण प्रचारप्रति तरुण दल नुवाकोटको आपत्ति
-
नेपाली काङ्ग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडीद्वारा घोषणा–पत्र सार्वजनिक