काठमाडौँ — काठमाडौँ महानगरपालिका–१०, नयाँ बानेश्वरमा मंगलबार बिहान टिपरको ठक्करबाट एक सरकारी कर्मचारीको मृत्यु भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार बिजुलीबजारबाट तिनकुनेतर्फ जाँदै गरेको बा.२ क ३२२९ नम्बरको टिपरले प्रदेश–३–००१ ब.९४५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। दुर्घटनामा स्कुटर चालक ४८ वर्षीय बद्री कोइरालाको मृत्यु भएको हो।
भक्तपुरको लोकन्थलीमा बसोबास गर्दै आएका कोइराला सुनसरीको इनरुवा नगरपालिका–५ का स्थायी बासिन्दा हुन्। उनी भक्तपुरस्थित क्षयरोग केन्द्रमा नायब सुब्बा (नासु) पदमा कार्यरत थिए।
टिपर चालक गोरखाको भुम्लिचोक घर भएका २६ वर्षीय विकाश थापामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उक्त टिपर फोहोर संकलनका लागि प्रयोग हुँदै आएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
-
दुष्प्रचार गरिएको भन्दै गोरखा १ का उम्मेदवार खत्रीद्वारा निर्वाचन आयोग र प्रेस काउन्सिलमा उजुरी
-
निर्वाचनको मुखमा चरित्र हत्या गर्ने प्रयास, भ्रममा नपर्न आग्रह
-
गोरखा–२ मा कांग्रेस–प्रलोपा संयुक्त प्रचार, घरदैलो अभियान तीव्र
-
गोरखामा बाबुराम आबद्ध प्रलोपाद्वारा कांग्रेसलाई समर्थन
-
जहाँ संकट, त्यहाँ प्रेमः गोरखाको माटोले चिनेको एउटा निस्वार्थ नाम