logo

मंगलबार, फाल्गुन १८ २०८२

kantipurpationlinetv

२०८२ फाल्गुन १८ मंगलबार

यस्तो देखियो कलाकारको होली (तस्वीरसहित)

यस्तो देखियो कलाकारको होली (तस्वीरसहित)


  • मंगलबार, फाल्गुन १८ २०८२
  • 70
    SHARES

    काठमाडौं — देशभर सोमबार फागु पूर्णिमा (होली) हर्षोल्लासका साथ मनाइँदा नेपाली कलाकार तथा सार्वजनिक व्यक्तित्वहरूले पनि आ–आफ्नै शैलीमा पर्व मनाएका छन्। रङ खेल्दै रमाइलो गरेका तस्बिर तथा भिडियो उनीहरूले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।

    नेपाल गतिशील पार्टीका तर्फबाट काठमाडौं–५ की उम्मेदवार बनेकी अभिनेत्री निशा अधिकारी ले चुनावी अभियानसँगै होली मनाएकी छन्। उनले अभिनेता राजेश हमाल सँग रङ साटासाट गर्दै मनाएको तस्बिर सार्वजनिक गरेकी छन्।

    यसैगरी हरिवंश आचार्य, दीपकराज गिरी, प्रियंका कार्की, केकी अधिकारी, महेश त्रिपाठी, उषा उप्रेती तथा दीपाश्री निरौला लगायतका कलाकारहरूले पनि होली मनाएको तस्बिर तथा भिडियो सार्वजनिक गरेका छन्।

    अभिनेता विपिन कार्की चितवन पुगेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन–२ का उम्मेदवार रवि लामिछाने र उनकी पत्नी तथा फिल्मकर्मी निकिता पौडेल सँग होली मनाएका छन्।

    यसबीच, अभिनेत्री करिश्मा मानन्धर ले विगत वर्षहरूमा गोदावरीस्थित आफ्नै निवासमा विशेष होली कार्यक्रम आयोजना गर्दै आएकी थिइन्। तर यस वर्ष भने उनले औपचारिक कार्यक्रम आयोजना गरिनन्।

    नेपालमा पहाडी क्षेत्रमा सोमबार फागु पूर्णिमा मनाइन्छ भने तराई क्षेत्रमा मंगलबार होली मनाउने परम्परा रहिआएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech