काठमाडौं । डेंगु रोग नियन्त्रणका लागि सबैभन्दा पहिला सरकारी कार्यालयलाई नै लामखुट्टेरहित बनाउनुपर्ने भन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै सरकारी कार्यालयहरुलाई लामखुट्टे र यसको लार्भारहित बनाउने अभियानमा लाग्न निर्देशन दिएका छन् । बुधबार आयोजित ‘श्रावण डेंगी सचेतना महिना’ घोषणा कार्यक्रममा मन्त्री पौडेलले लार्भा उत्पादन हुने आधारहरुलाई नष्ट गर्न हरेक शुक्रबार सरसफाई अभियान गर्न आग्रह गरे ।
साउन, भदौ, असोज र कार्तिक महिनामा डेंगीको संक्रमण उच्च हुने भन्दै ४ महिनामा कुनैपनि निर्माणको काम नगर्न, निर्माणका सामग्रीहरु जताततै नफाल्न, खाल्डो नखन्न, पानी जम्ने खाल्डोहरु पुर्न र फालिएका टायरहरु व्यवस्थापन गर्न मन्त्री पौडेलको आग्रह छ । सरकारी कार्यालयहरुमा मानिसलाई जोगाउन सकिए दर्जनौँ मानिसहरु डेंगुबाट बच्न सक्ने र यसले सकारात्मक सन्देश जाने उनले बताए । त्यस्तै तीन तहको सरकार मिलेर डेंगुबारे सचेतना अभियान देशैभर फैलाउन सके यसलाई नियत्तण गर्न सकिने उनको भनाइ छ ।
मन्त्री पौडेलले सञ्चारमाध्यमहरुबाट यसका सचेतनात्मक सूचना सामाग्रीहरु व्यापक विस्तार गर्नुपर्नेमा जोड दिएका छन् । सबैको सचेतना सबैभन्दा महत्वपूर्ण हुने भन्दै आफूले आफूलाई सुरक्षा गर्नसके मात्रै अरुलाई सहयोग गर्न सकिने भन्दै आफूलाई सुरक्षित बनाउनेतर्फ लाग्नुपर्ने पौडेलले बताए ।
-
दुष्प्रचार गरिएको भन्दै गोरखा १ का उम्मेदवार खत्रीद्वारा निर्वाचन आयोग र प्रेस काउन्सिलमा उजुरी
-
निर्वाचनको मुखमा चरित्र हत्या गर्ने प्रयास, भ्रममा नपर्न आग्रह
-
प्रकाशचन्द्र दवाडीलाई हरि घलेको आशीर्वाद: चुनाव जितेपछि मन्त्री बन्ने विश्वास व्यक्त
-
भ्रमपूर्ण प्रचारप्रति तरुण दल नुवाकोटको आपत्ति
-
नेपाली काङ्ग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडीद्वारा घोषणा–पत्र सार्वजनिक