काठमाडौं । क्यान्सरसम्बन्धी औषधि र स्वास्थ्य सामग्रीहरू स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको छ। उक्त सामग्री अमेरिकास्थित अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ‘डाइरेक्ट रिलिफ’को सहयोगमा र ‘वान हार्ट वर्ल्डवाइड’को समन्वयमा नेपाल ल्याइएको हो ।
यी सामग्री असार २७ गते नेपाल आइपुगेका थिए र सोही दिन स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखामा भण्डारण गरिएको थियो। आज औपचारिक रूपमा मन्त्रालयलाई हस्तान्तरण गरिएका यी औषधि र सामग्रीहरू क्यान्सर उपचारमा संलग्न चारवटा अस्पतालहरूलाई वितरण गरिएको छ ।
ती अस्पतालहरूमा भरतपुरको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल र काठमाडौंको वीर अस्पताल रहेका छन् । यस सहयोगबाट क्यान्सर उपचार सेवामा केही राहत पुग्ने र औषधिको पहुँच अझ सहज हुने अपेक्षा गरिएको छ।
-
दुष्प्रचार गरिएको भन्दै गोरखा १ का उम्मेदवार खत्रीद्वारा निर्वाचन आयोग र प्रेस काउन्सिलमा उजुरी
-
निर्वाचनको मुखमा चरित्र हत्या गर्ने प्रयास, भ्रममा नपर्न आग्रह
-
प्रकाशचन्द्र दवाडीलाई हरि घलेको आशीर्वाद: चुनाव जितेपछि मन्त्री बन्ने विश्वास व्यक्त
-
भ्रमपूर्ण प्रचारप्रति तरुण दल नुवाकोटको आपत्ति
-
नेपाली काङ्ग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडीद्वारा घोषणा–पत्र सार्वजनिक