logo

बिहिबार, माघ १ २०८२

kantipurpationlinetv

२०८२ माघ १ बिहिबार

क्यान्सर उपचारका लागि औषधि तथा सामग्री मन्त्रालयलाई हस्तान्तरण, चार अस्पताललाई वितरण

क्यान्सर उपचारका लागि औषधि तथा सामग्री मन्त्रालयलाई हस्तान्तरण, चार अस्पताललाई वितरण


  • आइतबार, असार २९ २०८२
  • 15.7K
    SHARES

    काठमाडौं । क्यान्सरसम्बन्धी औषधि र स्वास्थ्य सामग्रीहरू स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको छ। उक्त सामग्री अमेरिकास्थित अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ‘डाइरेक्ट रिलिफ’को सहयोगमा र ‘वान हार्ट वर्ल्डवाइड’को समन्वयमा नेपाल ल्याइएको हो ।

    यी सामग्री असार २७ गते नेपाल आइपुगेका थिए र सोही दिन स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखामा भण्डारण गरिएको थियो। आज औपचारिक रूपमा मन्त्रालयलाई हस्तान्तरण गरिएका यी औषधि र सामग्रीहरू क्यान्सर उपचारमा संलग्न चारवटा अस्पतालहरूलाई वितरण गरिएको छ ।

    ती अस्पतालहरूमा भरतपुरको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल र काठमाडौंको वीर अस्पताल रहेका छन् । यस सहयोगबाट क्यान्सर उपचार सेवामा केही राहत पुग्ने र औषधिको पहुँच अझ सहज हुने अपेक्षा गरिएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech