काठमाडौं– पछिल्लो १२ महिनामा भारतमा २२ अर्ब डलर बराबरको आइफोन ‘एसेम्बल’ भएको छ । अमेरिकी प्रविधि कम्पनी एप्पलले अघिल्लो वर्षको तुलनामा भारतमा एप्पलको उत्पादन ६० प्रतिशत वृद्धि गरेको छ ।
भारतीय आर्थिक अनलाइन पोर्टल इकोनोमिक टाइम्सका अनुसार हाल एप्पलले विश्वको कुल उत्पादनमध्ये २० प्रतिशत आइफोन भारतमा उत्पादन गर्दै आएको छ । एप्पलले चीनबाट आइफोनको उत्पादन भारतमा स्थानान्तरण गर्दै आएको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई लक्षित गरी भन्सार शुल्क वृद्धि गरेपछि भारतबाट अमेरिकातर्फ आइफोनको निर्यात पनि बढेको जनाइएको छ । हाल एप्पलले प्रायः सबै रेन्जका आइफोन भारतमै एसेम्बल गर्छ ।
भारतमा एप्पलले कुल स्मार्टफोन बजारको ८ प्रतिशत ओगटेको छ । आर्थिक वर्ष सन् २०२४ मा भारतमा एप्पलले ८ अर्ब डलर बराबरको आइफोन बिक्री गरेको छ ।
-
सुमन परियार र मेनुका सोनीको ‘डिप्रेसन’ सार्वजनिक, प्रेम धोका र मानसिक पीडाको कथा
-
किन आयो युवा नेता मुकुन्द सिलवालको राजिनामा
-
कागभुसुण्डे मन्दिरमा धार्मिक एवं सांस्कृतिक कागबेनी मेला हुने
-
मानुङकोटको प्रेमकथामा आधारित बद्री सापकोटा र अमृत अधिकारीको ‘मानुङकोटैमा’ सार्वजनिक
-
लोक दोहोरी क्षेत्रमा जम्दै हरिचन्द्र भट्ट क्षेत्री