काठमाडौं- अहिले ल्यापटप तथा कम्प्युटर मानिसहरुका लागि अनिवार्यजस्तै भइसकेको छ । प्रविधिको जमानामा आफ्ना कामहरुलाई छिटो–छरितो र गुणस्तरीय बनाउन यी वस्तुहरु अनिवार्यजस्तै हुन्छन् ।
ल्यापटपका केही विशेष कुरामा ध्यान दिइएन भने हतारको निर्णयले पछुताउनुबाहेक केही हुँदैन । पैसाको नास एकातिर हुन्छ भने अर्को तिर तपाइले खाेजेको काम गर्न सक्नुहुन्न । किनेको केही महिनामै ल्यापटपले निकै तनाव दिन थाल्छ । ल्यापटप सधैँ आधिकारिक डिलरबाट ब्रान्डेड मात्र किन्नुपर्छ । खुद्रा पसल वा अन्य मानिसमार्फत किन्दा नक्कली पर्न सक्छ । फिचर्स अनिवार्य हेर्नुपर्छ । स्पिड राम्रो भएको उच्चस्तरीय ल्यापटपमा मल्टिकोर प्रोसेसर आवश्यक हुन्छ ।
अर्को महत्वपूर्ण कुरा अपरेटिङ सिस्टम हो । तसर्थ, जहिले पनि प्रिलोइड अपरेटिङ सिस्टम भएको मात्र किन्नुपर्छ । उच्च सञ्चय क्षमता (स्टोरेज क्यापासिटी) भएको ल्यापटप राम्रो हुन्छ । जसमा पनि फ्लाइस ड्राइभयुक्त उपयुक्त हो । यस्तोमा डाटा नष्ट हुने सम्भावना हुँदैन । प्रयोगका हिसाबले उपयुक्त आकार र डिजाइन छनोट गर्नु आवश्यक हुन्छ । जस्तै, अफिस वा घरका लागि हो भने ठूलो साइजमा किन्न सकिन्छ । ठूलो स्क्रिनमा काम गर्न पनि सजिलो हुन्छ ।
-
दुष्प्रचार गरिएको भन्दै गोरखा १ का उम्मेदवार खत्रीद्वारा निर्वाचन आयोग र प्रेस काउन्सिलमा उजुरी
-
निर्वाचनको मुखमा चरित्र हत्या गर्ने प्रयास, भ्रममा नपर्न आग्रह
-
प्रकाशचन्द्र दवाडीलाई हरि घलेको आशीर्वाद: चुनाव जितेपछि मन्त्री बन्ने विश्वास व्यक्त
-
भ्रमपूर्ण प्रचारप्रति तरुण दल नुवाकोटको आपत्ति
-
नेपाली काङ्ग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडीद्वारा घोषणा–पत्र सार्वजनिक