ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ र ६ जोड्ने रानी पुलस्थित बेलिब्रिज बाढीले बगाएको छ।
अविरल वर्षाका कारण हेल्लोक, सिम्बुवा खोलामा आएको बाढीले उक्त पुल बगाएको स्थानीय तेन्जिङ वालुङले जानकारी दिए।
पुल बगेसँगै उक्त क्षेत्रमा यातायात अवरुद्ध भएको छ।
बाढीका कारण तमोर नदीको बहावसमेत बढेको उनले बताए। उक्त बेलिब्रिज रेमिट हाइड्रोपावर कम्पनीले चार वर्षअघि निर्माण गरेको थियो।
अरुण नदी आसपासमा सतर्क रहन प्रशासनको आग्रह
जिल्ला प्रशासन कार्यालय संखुवासभाले माथिल्लो क्षेत्रमा भारी वर्षाका कारण बाढीपहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालयले माथिल्लो क्षेत्रमा भारी वर्षाका कारण बाढीपहिरोको जोखिम रहेकाले सर्तक रहन अनुरोध गरेको हो।
पछिल्लो तीन घण्टामा मकालु गाउँपालिकास्थित नुम वर्षामापन केन्द्रमा भारी वर्षामापन भएका कारण अरुण नदीलगायत खोलानाला आसपासका तटीय क्षेत्रमा सतर्क रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी दिब्यराज पोदरेलले जानकारी दिए। माथिल्लो क्षेत्रमा अत्यधिक वर्षा भएको र थप वर्षाको सम्भावना भएका कारण तटीय क्षेत्र आसपासकाका बस्तीलाई सतर्कता अपनाउन आग्रह गरिएको प्रजिअ पोखरेलले बताए।
भारी वर्षाका भएका कारण अरुण नदीलगायत खोलानाला र जिल्लाभित्र बाढीपहिरोको जोखिम रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै सो क्षेत्र भई बग्ने ससाना खोलामा आकस्मिक बहाव बढ्न सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम हुनसक्ने रहेकाले सो क्षेत्रका बासिन्दालाई सतर्क गराएको हो।
त्यतैगरी मौसम तथा पूर्वानुमान महाशाखाले पनि यो समयमा अत्यधिक वर्षा भएको र थप वर्षा हुनसक्ने भन्दै सचेत रहन आग्रह गरेको छ । रासस
-
दुष्प्रचार गरिएको भन्दै गोरखा १ का उम्मेदवार खत्रीद्वारा निर्वाचन आयोग र प्रेस काउन्सिलमा उजुरी
-
निर्वाचनको मुखमा चरित्र हत्या गर्ने प्रयास, भ्रममा नपर्न आग्रह
-
प्रकाशचन्द्र दवाडीलाई हरि घलेको आशीर्वाद: चुनाव जितेपछि मन्त्री बन्ने विश्वास व्यक्त
-
भ्रमपूर्ण प्रचारप्रति तरुण दल नुवाकोटको आपत्ति
-
नेपाली काङ्ग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडीद्वारा घोषणा–पत्र सार्वजनिक