भरतपुर — भरतपुर–१० स्थित शहीदचोकबाट विगत दस वर्षदेखि सञ्चालनमा रहेको ‘क्लासी बुटिक’ले अब आफ्नो सेवा विस्तार गर्दै नयाँ शाखा सिनर्जी रोडमा सुरु गरेको छ। शनिबार वडा नं. १० का अध्यक्ष परमेश्वर खनालले रिबन काटेर शाखाको औपचारिक उद्घाटन गरे।
कार्यक्रममा वडाध्यक्ष खनालले बुटिकजस्तो सृजनात्मक व्यवसायले रोजगारीको अवसर सिर्जना गर्ने बताए। “शाखा विस्तारसँगै व्यवसायिक फाइदा मात्र होइन, प्रत्यक्ष र अप्रत्यक्ष रूपमा धेरैलाई रोजगारी पनि जोडिन्छ,” उनले भने।
बुटिककी सञ्चालक सविता त्रिपाठी श्रेष्ठले करिब पाँच लाख रूपैयाँ लगानीबाट १० वर्षअघि सुरु गरेको व्यवसाय अहिले ५० लाखभन्दा बढीको सम्पत्तिमा रूपान्तरित भएको बताइन्। सिनर्जी रोडमा खुलेको नयाँ शाखामा पनि झण्डै ५० लाख रूपैयाँको लगानी गरिएको जानकारी दिइन्।
श्रेष्ठका अनुसार सुरुमा महिला पोसाकमा केन्द्रित रहेको बुटिकले हाल पुरुष पोसाकसमेत डिजाइन गर्न थालेको छ। पछिल्लो समय सामाजिक सञ्जालको प्रभावले व्यवसाय वृद्धि गर्न ठूलो मद्दत पुगेको भन्दै उनले भनिन्, “विशेष गरी टिकटकको माध्यमबाट व्यापार दोब्बर भएको छ। सपना क्षेत्री, संगीता क्षेत्री र सम्पदा अम्गाईंको योगदान प्रशंसनीय छ।”
हाल बुटिकमा २०–२२ जना महिला प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न छन्। सुरुमा एकल प्रयासका रूपमा सुरु भएको व्यवसायमा अहिले प्रतिस्पर्धा पनि निकै बढेको श्रेष्ठ बताउँछिन्। “कठिन परिश्रम र सामाजिक सञ्जालको सहाराले अहिलेको अवस्था बनेको हो,” उनले थपिन्।
-
दुष्प्रचार गरिएको भन्दै गोरखा १ का उम्मेदवार खत्रीद्वारा निर्वाचन आयोग र प्रेस काउन्सिलमा उजुरी
-
निर्वाचनको मुखमा चरित्र हत्या गर्ने प्रयास, भ्रममा नपर्न आग्रह
-
प्रकाशचन्द्र दवाडीलाई हरि घलेको आशीर्वाद: चुनाव जितेपछि मन्त्री बन्ने विश्वास व्यक्त
-
भ्रमपूर्ण प्रचारप्रति तरुण दल नुवाकोटको आपत्ति
-
नेपाली काङ्ग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडीद्वारा घोषणा–पत्र सार्वजनिक