काठमाडौं — नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘ग्लोबल हिरो अवार्ड’बाट सम्मान गरिएको छ।
उक्त अवार्ड उनलाई अमेरिकाको न्यूयोर्कमा आयोजित विशेष समारोहमा प्रदान गरिएको हो। ‘हामी नेपाली ग्लोबल’ संस्थाद्वारा प्रदान गरिने यस पुरस्कारले समाजमा उल्लेखनीय योगदान गर्ने नेपाली व्यक्तित्वहरूलाई अन्तर्राष्ट्रिय स्तरमा सम्मान गर्ने उद्देश्य राखेको छ।
कुलमान घिसिङले नेपालको ऊर्जा क्षेत्रमा पुर्याएको अतुलनीय योगदान, विशेष गरी लोडसेडिङ अन्त्य तथा संस्थागत सुधारमा खेलेको भूमिकाको कदरस्वरूप उनलाई यो अवार्ड दिइएको हो।
-
नारेश्वर विकास समाज, गोरखाको अध्यक्षमा लव कुमार भट्ट
-
राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको उपत्यका समिति गठन, अध्यक्ष र सचिवमा क्रमश अनिता कुमारी घिमिरे र सन्जय पोखरेल
-
‘नो शेभ नोभेम्बर’ले ठमेल हल्लायो: रिक्साबाट क्यान्सर–अवेयरनेस र्याली
-
तेस्रो राष्ट्रिय आदिवासी संगीत तथा चलचित्र अवार्ड–२०८२ का मनोनयन सार्वजनिक
-
वरिष्ठ सेफ थापा मगरलाई फादर अफ सेफ्सको उपाधिबाट सम्मानित