
काठमाडौँ, साउन १२ — पछिल्लो पुस्ताका सर्वाधिक चर्चित गायक दुर्गेश थापाको नयाँ गीत ‘जाने भए जाम माया’ युट्युबमा १ करोड (१० मिलियन) भ्युज पार गर्दै “करोड क्लब” मा प्रवेश गरेको छ। गीतले सार्वजनिक भएको केवल १८ दिनमै यो कीर्तिमानी उपलब्धि हासिल गरेको हो।
सामाजिक सञ्जाल र युट्युबमा अत्यधिक चर्चित भ्लगर सिसन बानियाँ र गुराँस नानीसँगको सहकार्यले यो गीतलाई थप लोकप्रिय बनाएको छ। गीतले रिलिज भएको २४ घण्टामै सर्वाधिक हेरिने नेपाली गीतको कीर्तिमान कायम गर्नुका साथै ग्लोबल ट्रेन्डिङ मा पर्न सफल हुँदै इतिहास रचेको छ।
‘जाने भए जाम माया’ का शब्द, संगीत र संगीत संयोजन तीनवटै पक्षको जिम्मा दुर्गेश थापाले स्वयंकै सम्हालेका छन्। गायनमा दुर्गेशलाई सिसन बानियाँ र अल्हाजी गेरोले साथ दिएका छन्, जसले गीतलाई बहुआयामिक बनाएको छ।
गीतको भिडियोमा दुर्गेश थापा, सिसन बानियाँ र गुराँस नानीको अभिनय देख्न सकिन्छ। साथै अल्हाजी गेरो र लासो पेमा लगायतका कलाकारहरू पनि भिडियोमा प्रस्तुत छन्। भिडियोको कला निर्देशन मणिक पाख्रिनले गरेका छन्, जसले गीतको भिजुअल पक्षलाई गहिरो बनाएको छ।
यो गीतले कम समयमा प्राप्त लोकप्रियताले नेपाली म्युजिक सिनमा डिजिटल युगको प्रभाव, नयाँ पुस्ताको सक्रियता र अन्तर्राष्ट्रिय स्तरसम्म फैलिएको उपस्थिति पुष्टि गर्दछ। दुर्गेश थापाले एकचोटि फेरि प्रमाणित गरेका छन् कि उनी समय सापेक्ष सिर्जनशीलता, ट्रेन्डको राम्रो अध्ययन, र युवामाझ पकड राख्ने गायक हुन्।
हेर्नुहोस्:
-
अन्तर्राष्ट्रिय पहिचान: नेपाली क्रिएटर बद्री प्रसाद तिवारीको डान्स भिडियोलाई T-Series ले सेयर गर्यो
-
पुष्कल शर्माको नयाँ तीज गीत ‘श्रीमान’ सार्वजनिक, मौलिकता र भावनाको सुन्दर संगम
-
जानकी तारामी मगरको नयाँ तीज गीत ‘घैया घैया’ सार्वजनिक, श्रीमान् भगवान थापासँगै भिडियोमा उपस्थित
-
गायिका शान्तीकुमारी शाही फाउण्डेसनको आजीवन सदस्य बन्दै भक्तजनहरुलाई देउडामा छमछमी नचाइन्
-
महर्षि कलेजमा प्लस टु र स्नातक तहमा भर्ना खुल्यो