काठमाडौं । लोकप्रिय गायिका कला लम्सालले नयाँ गीत ‘अन्टी लभर’ सार्वजनिक गरेकी छन्। गीत उनले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी हुन्।
तीजको समयमा प्रायः मौलिक तीज गीतहरू सार्वजनिक गर्दै आएकी लम्सालले यसपटक फरक शैलीको डान्सिङ नम्बर सार्वजनिक गरेकी हुन्। रमाइलो शैलीमा बनेको गीत सन्देशमूलक पनि रहेको छ। गीत तीजकै पारम्परिक विधामा नपरे पनि तीजको माहोलमा कम्मर मर्काएर नाच्न मिल्ने खालको बनाइएको छ।
गीतमा कला लम्साल र आशिष अबिरलको स्वर रहेको छ। रमेश परियारले शब्द र संगीत तयार पारेका हुन् भने संगीत संयोजन, मिक्सिङ र मास्टरिङ अबिरल स्वयंले गरेका हुन्।
गीतजस्तै भिडियो पनि आकर्षक बनेको छ। मौसम हिमालीले निर्देशन तथा कोरियोग्राफी गरेको भिडियोमा गायिका लम्साल स्वयं र बद्री प्रसाद तिवारीको अभिनय रहेको छ।
भिडियोको छायांकन नवराज उप्रेतीले गरेका हुन् भने सम्पादन तथा कलरिङ मनोज कार्कीले गरेका छन्।
गीतलाई सदाबहार बजाउन मिल्ने र तीजको रौनकमा पनि रमाइलो गर्न सकिने किसिमले तयार पारिएको बताइएको छ।
-
नारेश्वर विकास समाज, गोरखाको अध्यक्षमा लव कुमार भट्ट
-
राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको उपत्यका समिति गठन, अध्यक्ष र सचिवमा क्रमश अनिता कुमारी घिमिरे र सन्जय पोखरेल
-
‘नो शेभ नोभेम्बर’ले ठमेल हल्लायो: रिक्साबाट क्यान्सर–अवेयरनेस र्याली
-
तेस्रो राष्ट्रिय आदिवासी संगीत तथा चलचित्र अवार्ड–२०८२ का मनोनयन सार्वजनिक
-
वरिष्ठ सेफ थापा मगरलाई फादर अफ सेफ्सको उपाधिबाट सम्मानित