काठमाडौं, साउन १३ – संगीतकार सुनिल परियारले २०८२ सालको तीजलाई लक्षित गर्दै नयाँ गीत ‘नकचरी’ सार्वजनिक गरेका छन्। मौलिक भाव, लोकशैली र आधुनिक प्रस्तुति मिसिएको यस गीतमा तीजको उत्सव, नारी सौन्दर्य र सांगीतिक रमाइलोपन भरिपूर्ण छ।
गीत सुनिल परियारको आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो। गीतमा शब्द रचना लोकप्रिय सर्जक शिव हमाल को रहेको छ भने संगीत र संगीत संयोजन स्वयं सुनिल परियार ले गरेका छन्।
लोकप्रिय गायिका शान्ता रानी परियारको सशक्त स्वरले गीतलाई भावपूर्ण बनाएको छ। अडियो मिक्सिङ र मास्टरिङको जिम्मा एचबिएन् किस्मत ले लिएका छन् भने रेकर्डिङ 1DB HD Next Level स्टुडियोमा गरिएको हो।
गीतको निर्देशन र कोरियोग्राफी मुकेश नेपालीले गरेका छन्। भिडियोलाई जीवन्त बनाउने कलाकारहरूमा एलिना राइमाझी, सञ्चिता बोलाखे, सन्जय परियार, आस्लेसा परियार र स्वयं सुनिल परियार पनि अभिनयमा देखिएका छन्। भिडियोको छायांकन बुद्ध थापा र टिमले गरेका हुन् भने सम्पादन नवीन घर्तिमगरले गरेका छन्।
सुनिल परियार भन्छन्: “नमस्कार हजुर! ‘नकचरी’ तीजको विशेष अवसरमा मैले तपाईंहरूका लागि माया र श्रद्धाको कोशेलीस्वरूप ल्याएको हुँ। शिव हमाल दाइको शब्द, शान्ता दिदीको स्वर र मेरो संगीतमा बनेको यो गीत तपाईंहरूलाई मन पर्छ भन्ने विश्वास लिएको छु। प्रतिक्रिया, सल्लाह र माया दिनुहोला है! शेयर गर्न पनि नबिर्सनु होला।”
गीत हेर्नुहोस्:
सांगीतिक क्षेत्रमा क्रियाशील सुनिल परियारले यसअघि पनि दर्जनौं मौलिक गीतहरू बजारमा ल्याइसकेका छन्। “नकचरी” ले तीजको उमंग थप बढाउने विश्वास गरिएको छ।
-
सुमन परियार र मेनुका सोनीको ‘डिप्रेसन’ सार्वजनिक, प्रेम धोका र मानसिक पीडाको कथा
-
किन आयो युवा नेता मुकुन्द सिलवालको राजिनामा
-
कागभुसुण्डे मन्दिरमा धार्मिक एवं सांस्कृतिक कागबेनी मेला हुने
-
मानुङकोटको प्रेमकथामा आधारित बद्री सापकोटा र अमृत अधिकारीको ‘मानुङकोटैमा’ सार्वजनिक
-
लोक दोहोरी क्षेत्रमा जम्दै हरिचन्द्र भट्ट क्षेत्री