
काठमाडौं । एनएमबि बैंक लिमिटेड तथा मन्दाकिनी हाइड्रोपावर लिमिटेडबीच २.९ मेगावाट क्षमताको माथिल्लो सार्दी खोला जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको छ ।
कास्की जिल्ला, माछापुच्छ्रे गाउँपालिकामा अवस्थित सो आयोजनामा एनएमबि बैंकले एकल ऋण लगानी गर्ने भएको हो ।
२.९ मेगावाट क्षमता रहेका माथिल्लो सार्दी खोला जलविद्युत आयोजनाको करिब लागत ६६ करोड १८ लाख ९४ हजार रहने जानकारी गराईएको छ भने बैंकको ऋण लगानी ४६ करोड ३३ लाख २५ हजार रहने छ ।
उक्त अवसरमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द घिमिरेले प्रस्तावित आयोजना निर्धारित लागत तथा समयमा नै सम्पन्न गर्न मन्दाकिनी हाइड्रोपावरलाई आग्रह गरेका छन् ।
मन्दाकिनी हाइड्रोपावरका अध्यक्ष शरद कुमार दाहालले वित्तिय व्यवस्थापनमा सहयोग गर्नु भएकोमा एनएमबि बैंकलाई धन्यवाद ज्ञापन गर्नुका साथै, माथिल्लो सार्दी खोला जलविद्युत आयोजना निर्धारित लागत तथा समयसीमामा नै सम्पन्न गर्ने विचार व्यक्त गरेका छन् ।
त्यसैगरी, मन्दाकिनी हाइड्रोपावरद्वारा कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिकामा प्रवर्द्धित ४ मेगावाट क्षमता रहेको सार्दी खोला जलविद्युत आयोजनाले वि।स। २०७४ साल मंसिर २३ गतेदेखि व्यावसायिक उत्पादन सुचारु भई रहेको र उक्त आयोजनामा समेत एनएमबि बैंको अगुवाइमा सहवित्तीयकरण अन्तर्गत ऋण लगानी भइरहेको जानकारी दिएका छन् ।
नेपाल राष्ट्र बैंकबाट जारी Environmental and Social Risk Management, 2022 को निर्देशन अनुसार एनएमबि बैंकले वातावरणीय तथा सामाजिक नीति (Environmental and Social Policy) तयार पारी सो बमोजिम आयोजनाको पर्यावरण संरचना तथा सामाजिक जोखिम व्यवस्थापन गर्नको लागि बैंकले पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली (Environmental and Social Management System) लागु गरिसकेको छ ।
एनएमबि बैंकले हाल देशभरी २०२ शाखाहरू, १८७ एटिएमहरू र ९ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।
-
अन्तर्राष्ट्रिय पहिचान: नेपाली क्रिएटर बद्री प्रसाद तिवारीको डान्स भिडियोलाई T-Series ले सेयर गर्यो
-
पुष्कल शर्माको नयाँ तीज गीत ‘श्रीमान’ सार्वजनिक, मौलिकता र भावनाको सुन्दर संगम
-
जानकी तारामी मगरको नयाँ तीज गीत ‘घैया घैया’ सार्वजनिक, श्रीमान् भगवान थापासँगै भिडियोमा उपस्थित
-
गायिका शान्तीकुमारी शाही फाउण्डेसनको आजीवन सदस्य बन्दै भक्तजनहरुलाई देउडामा छमछमी नचाइन्
-
महर्षि कलेजमा प्लस टु र स्नातक तहमा भर्ना खुल्यो