काठमाडौं — तीज पर्वलाई लक्षित गर्दै गायक शंकर सुनार र लोकप्रिय गायिका शान्ति श्री परियारको स्वरमा सजिएको नयाँ तीज गीत ‘नैनी ताल’ सार्वजनिक भएको छ।
गीत शंकर सुनारको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
गीतमा शब्द रचना बिक्रमबाबु विश्वकर्माले गरेका छन् भने संगीत संकलन रहेको छ। गीतको एरेन्ज विश्वास नेपालले गरेका छन्।
भिडियोमा कलाकार एलिना रायमाझी र गायक शंकर सुनार स्वयम् अभिनयमा देखिएका छन्। भिडिओ निर्देशन एलिना रायमाझीकै हो भने छायांकनमा प्रकाश खड्का र उनकी टिमको सहयोग रहेको छ।
गायक शंकर सुनारले सामाजिक सञ्जालमार्फत भावुक हुँदै लेखेका छन् “कता कता खुशी पनि छु, दुखी पनि। यति धेरै मेहनत गरेर खेर जाने त हैन जस्तो लाग्छ। फेरि एक मनले भन्छ — परिश्रम खेर जाँदैन।”
“अब गीतको भविष्य हाम्रा दर्शक-श्रोताको हातमा छ,” उनले भनेका छन्।
लोकसङ्गीत र तीज संस्कृतिको समिश्रणसहित ल्याइएको ‘नैनी ताल’ ले आधुनिक तीज गीतको स्वाद दिन खोजेको छ। गीतले छोटो समयमै सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया पाइरहेको छ।
गीत हेर्नुहोस्:
-
दुष्प्रचार गरिएको भन्दै गोरखा १ का उम्मेदवार खत्रीद्वारा निर्वाचन आयोग र प्रेस काउन्सिलमा उजुरी
-
निर्वाचनको मुखमा चरित्र हत्या गर्ने प्रयास, भ्रममा नपर्न आग्रह
-
प्रकाशचन्द्र दवाडीलाई हरि घलेको आशीर्वाद: चुनाव जितेपछि मन्त्री बन्ने विश्वास व्यक्त
-
गोरखामा बाबुराम आबद्ध प्रलोपाद्वारा कांग्रेसलाई समर्थन
-
भ्रमपूर्ण प्रचारप्रति तरुण दल नुवाकोटको आपत्ति