logo

शनिबार, साउन १७ २०८२

kantipurpationlinetv

२०८२ साउन १७ शनिबार

लोक सञ्चारकर्मी नेपालले गऱ्यो १४ वटा मौलिक तीजगीतको सामुहिक विमोचन

लोक सञ्चारकर्मी नेपालले गऱ्यो १४ वटा मौलिक तीजगीतको सामुहिक विमोचन


  • शुक्रबार, साउन १६ २०८२
  • 3.9K
    SHARES

    लोक सञ्चारकर्मी नेपालले गऱ्यो १४ वटा मौलिक तीजगीतको सामुहिक विमोचन काठमाण्डौं। राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा एकै स्टेज बाट १४ वटा मौलिक तीज गीत सार्वजनिक भएको छ। राष्ट्रिय नाचघर जमलको हलमा आयोजित सामुहिक तीज गीत विमोचन समारोहमा एकै साथ १४ गीतको पोस्टर र भिडिओ विमोचन गरियो।

    कार्यक्रमका सभापती राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणी गौतम, संस्थापक अध्यक्ष गोबिन्द गिरी, प्रमुख अतिथी सांसद सोविता गौतमको साथमा अतिथी कलाकारहरु गायक राजु परियार, घमेश दुलाल, बद्री पंगेनी, प्रकाश कटुवाल, गायिका लक्ष्मी न्यौपाने, सर्मिला गुरुङ, सीता थापा, टिका पुन, मन्जु थापाले सामुहिक विमोचन गरे ।

    विमोचन हुने गीतहरुमा भगवान भण्डारीको ‘धनमाया मनमाया’, विशाल महरको ‘तीज मनाउँछौं’, भिमसेन खतिवडाको ‘यो तीजमा भाइरल हुनी हो’ , भिमकुमार ओझाको ‘नौगेडी’,कस्तुप पन्तको ‘पापी तीज भाग – २, सचिन भट्टराईको ‘जय जय शिव भोला’, खुश्बु सुनारको – ए आमा ‘, यामप्रसाद निउरेको चोली फाटेको’, गोविन्द पौडेलको माछा मासु केहि खाँदिन , मुना सुवेदी तिवारिको मेरो त देशै माइती भयो , माया पार्दे को चाहिदैन रानी हार , मदन ढकालको माइतीको दैलो , बिजय अनुरागी ए मैया, सन्जु न्यौपानेको निलो आकाशैमा बादलु रहेका छन्।

    प्रमुख अतिथी सांसद गौतमले गीत संगीतमा बिकृती, बिसंगती बढ्नु चिन्ता जनक बिषय भएको भन्दै नेपालको मौलिकता देखाउने काम नै गीत संगीतले गर्ने भएकाले सम्पूर्ण सर्जकलाई मौलिकतामा ध्यान दिन आग्रह गरिन्। ” पछिल्लो समय भ्युजका लागी पनि गीतहरु केन्द्रित छन्। दिर्घकालिन सोंचेर सर्जक आफैले ध्यान दिनु पर्ने हुन्छ। ” गौतमले भनिन्। “सेन्सर बोर्डको चर्चा पनि धेरै कलाकारले गर्दै आउनु भएको छ। तर कसैको बन्दनमा रहनुभन्दा सर्जक आफैले संवेदनशील भएर उत्तरदायि भइयो भने त्यो धेरै राम्रो हुन्छ।” उनले विमोचन भएका १४ गीतलाई बधाई दिइन्।

    समारोहमा वरिष्ठ लोक गायिका लक्ष्मी न्यौपानेलाई लोक गायनको क्षेत्रमा लामो योगदान पुऱ्याएको भन्दै मौलिक गायन सम्मान प्रदान गरियो । सम्मान ग्रहण गर्दै गायीका न्यौपानेले खुसी व्यक्त गरिन। उनले मौलिक गायनलाई आफुले सधै आत्मसाथ गर्ने बताइन्। उनी भन्छिन्, “धेरै बाट समय परिवर्तन संगै परिवर्तन हुनुपर्छ भन्ने कुरा सुनिन्छ । हो, परिवर्तन हुनुपर्छ तर लोक, मौलिक पनलाई परिवर्तन गर्नुहुँदैन ।” यस्तै अतिथी कलाकार गायक राजु परियारले कुनैपनी गीत सिर्जना गर्ने क्रममा सर्जकले लोकरसलाई भुल्न नहुने बताए। उनले लोक छ र त संस्कृती छ, लोकसंस्कती छ र त लोकगीत छ भन्दै सर्जकले नै सिर्जना गर्ने समयमा ध्यान दिन आग्रह गरे ।

    राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष गायक प्रकाश कटुवालले गीतसंगीतकै कारण कलाकार साइबर ब्युरो सम्म पुग्ने स्थिती नआवस् भन्दै सबै कलाकारलाई अस्लिलतामा भन्दा मौलिकतामा जोड दिन आग्रह गरे । साथै उनले मिडियाहरुले पनि कतिपय गीतहरुको बारेमा समाचार नबनाइदिने हो भने त्यस्ता गीतको चर्चा पनि नहुने र हराएर जाने भन्दै मिडिया लाई पनि महत्वपूर्ण भूमिका खेल्न आग्रह गरे।

    समारोहमा गायक बद्री पंगेनी, गायिका शर्मिला गुरुङ, मन्जु थापा लगायतले पछिल्लो समयका गीतहरु मा मौलिकता हराउँदै गएको र सर्जक हरुले ध्यान दिनुपर्ने धारणा राखे।

    सभापती संस्थाका अध्यक्ष चन्द्रमणी गौतमले राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले मौलिक गीत निर्माण गर्ने कलाकर्मीलाई थप हौसला प्रदान गर्न का लागी गीत छनोट गरेर १४ मौलिक तीज गीतलाई सामुहिक विमोचन गरिएको बताए। आगामी दिनमा संस्थाले मौलिकताका लागी थप विभिन्न कार्यक्रम गर्दैजाने जानकारी दिए। उनले भनेका छन्, “कतिपय कलाकर्मीहरुले समाजमा अपाच्य गीतहरु सार्वजनिक गरेका कारण प्रशासन लाई त्यस्ता कुरामा ध्यान दिन आग्रह गरेका छौ, त्यसैले गृह मन्त्रालय सम्म पुगेका हौं। यो हाम्रो दायित्व पनि हो।”

    संस्थाकी महिला विभाग प्रमुख सबिता पोखरेलको संयोजनमा सम्पन्न कार्यकममा संस्थाका सचिव कमल सरगमले स्वागत मन्तब्य राखेका थिए। यस्तै संस्थापक अध्यक्ष गोविन्द गिरीले राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले बिकृती फैलाउने गीतको बन्देजका लागी मात्र आफूहरु गृह मन्त्रालय नगएको र संगीत सेन्सर बोर्डको अवधारणाका लागी पनि पहलगर्नका लागी पुगेको जानकारी दिए।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech