गायक पशुपति शर्मा सवार कार बुधबार दिउँसो स्याङ्जामा दुर्घटना भएको छ। सिद्धार्थ राजमार्ग अन्तर्गत भीरकोट नगरपालिका–२ मा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।
पोखराबाट वालिङतर्फ गइरहेको ग १ च ४१७१ नम्बरको कार अनियन्त्रित भई सडक किनारको कल्भर्टमा ठोक्किएको हो। कारमा गायक शर्मासहित चार जना सवार थिए। दुर्घटनामा कारमा सामान्य क्षति पुगेको जनाइएको छ।
सांगीतिक कार्यक्रममा सहभागी हुन शर्मा स्याङ्जा पुगेका थिए। दुर्घटनामा उनको देब्रे हातको एउटा औंला भाँचिएको छ।
“म अगाडिको सिटमा थिएँ। कार घुम्तीमा अनियन्त्रित भएर नालीमा खसेको हो। एउटा औँला भाँचिएको छ, अरू ठूलो चोट छैन,” शर्माले बताए, “अन्य यात्रुहरू पनि सामान्य हुनुहुन्छ।”
-
दुष्प्रचार गरिएको भन्दै गोरखा १ का उम्मेदवार खत्रीद्वारा निर्वाचन आयोग र प्रेस काउन्सिलमा उजुरी
-
निर्वाचनको मुखमा चरित्र हत्या गर्ने प्रयास, भ्रममा नपर्न आग्रह
-
प्रकाशचन्द्र दवाडीलाई हरि घलेको आशीर्वाद: चुनाव जितेपछि मन्त्री बन्ने विश्वास व्यक्त
-
गोरखामा बाबुराम आबद्ध प्रलोपाद्वारा कांग्रेसलाई समर्थन
-
नेपाली काङ्ग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडीद्वारा घोषणा–पत्र सार्वजनिक