
गायक पशुपति शर्मा सवार कार बुधबार दिउँसो स्याङ्जामा दुर्घटना भएको छ। सिद्धार्थ राजमार्ग अन्तर्गत भीरकोट नगरपालिका–२ मा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।
पोखराबाट वालिङतर्फ गइरहेको ग १ च ४१७१ नम्बरको कार अनियन्त्रित भई सडक किनारको कल्भर्टमा ठोक्किएको हो। कारमा गायक शर्मासहित चार जना सवार थिए। दुर्घटनामा कारमा सामान्य क्षति पुगेको जनाइएको छ।
सांगीतिक कार्यक्रममा सहभागी हुन शर्मा स्याङ्जा पुगेका थिए। दुर्घटनामा उनको देब्रे हातको एउटा औंला भाँचिएको छ।
“म अगाडिको सिटमा थिएँ। कार घुम्तीमा अनियन्त्रित भएर नालीमा खसेको हो। एउटा औँला भाँचिएको छ, अरू ठूलो चोट छैन,” शर्माले बताए, “अन्य यात्रुहरू पनि सामान्य हुनुहुन्छ।”
-
धादिङका मानसिक बिरामी देवबहादुरलाई नेपाल युथ क्लबको २ लाख ३५ हजार सहयोग: सोम मगरको अभियानले पायो सार्थकता
-
मिस नेपालदेखि शोरूम इन्चार्जसम्म: सम्पदाको बहुआयामिक यात्रा
-
‘क्लासी बुटिक’को नयाँ शाखा सिनर्जी रोडमा, ५० लाख बराबरको लगानी
-
अमेरिकाबाट आयो गायिका अमृता लुङ्गेली मगरको तीज गीत ‘आँखा मार्यो’
-
अमेरिकी नागरीक आना स्टार र राजकुमार रायमाझीको तीज गीत ‘यसपाली तीजमा गरौं रमाइलो’ सार्वजनिक