काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक बहस (पब्लिक डिबेट) का लागि आफू तयार रहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत् धारणा सार्वजनिक गर्दै उनले देश बनाउने र देश जलाउने पक्षबीच हुने प्रतिस्पर्धामा नेकपा एमाले देश निर्माणको पक्षमा उभिएको उल्लेख गरेका छन्।
उनले विभिन्न दलका प्रमुख नेताबीच पारदर्शी बहसको माग उठिरहेको उल्लेख गर्दै सामाजिक सञ्जालमार्फत् गरिने प्रचार सामग्रीले वास्तविक चरित्र लुकाउने प्रवृत्ति बढेकाले पब्लिक डिबेटको आवश्यकता महसुस भएको बताएका छन्।
ओलीले आगामी निर्वाचनमा पुराना तथा नयाँ दलहरूले प्रधानमन्त्रीको उम्मेदवार समेत सार्वजनिक गरिसकेको सन्दर्भ उल्लेख गर्दै देशको नेतृत्व गर्न चाहने दलहरूको एजेण्डा, विगतका काम र भविष्यका योजनाबारे आमनेसामने बहस हुनु सकारात्मक भएको बताए।
उनले यस्तो सार्वजनिक बहसमा उभिएर आफूले विगतमा गरेका कामका तथ्य प्रस्तुत गर्न र आगामी कार्ययोजना स्पष्ट गर्न तयार रहेको जनाउँदै सबै पक्ष सहभागी हुने गरी डिबेट आयोजना गर्न आग्रह गरेका छन्।
-
चलचित्र ‘बध’बाट बद्री प्रसाद तिवारीको फिल्मी डेब्यु, पोखराबाट छायांकन सुरु
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने
-
गायिका शान्ति श्रीस मगरको लाउरेनीलाई मस्ती सार्वजनिक, टिकटकदेखि फेसबुक रिल्ससम्म चर्चामा
-
जेनजी आन्दोलनको एक वर्ष : उतारचढाव, स्थिरता र समृद्धिको नयाँ बाटो
-
म्युजिक खबर तीज म्युजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक