काठमाडौं, भदौ २३ – ‘तेस्रो राष्ट्रिय आदिवासी म्युजिक तथा फिल्म अवार्ड २०८२’ का लागि आवेदन फारम खुला गरिएको छ। आदिवासी समुदायका भाषा, कला र संस्कृतिमा आधारित गीत–संगीत तथा चलचित्रलाई प्रोत्साहन गर्ने उद्देश्यले क्वालिटी फिल्म्सले यो अवार्ड आयोजना गर्दै आएको हो।
संस्थाका अध्यक्ष उमेश गुरुङले यस संस्करणका लागि फारम २० साउनदेखि खुला गरिएको जानकारी दिँदै सहभागीहरूलाई १० भदौभित्र आवेदन दिन आग्रह गरेका छन्। उनका अनुसार, अवार्डमा २०७८ साल वैशाख १ गतेदेखि २०८२ असार मसान्तसम्म सार्वजनिक भएका गीत–संगीत, कथानक चलचित्र, लघु चलचित्र, टेलिफिल्म तथा वृत्तचित्र समावेश गरिनेछ।
गुरुङले यसपटक पनि आदिवासी जनजातिको मौलिक भाषा, संस्कृति र सिर्जनात्मकतालाई प्रतिनिधित्व गर्ने सामग्रीलाई प्राथमिकतामा राखिएको बताए। उनका अनुसार, शेर्पा, थकाली, गुरुङ, मगर, थारू, दनुवार, दराई, माझी, नेवारी, तामाङ, दुरा, राई/सुनुवार, मैथिली, लिम्बू, राजवंशी, भोजपुरी, माडवारी, अवधी, डोल्पेली, चेपाङ लगायतका भाषामा निर्माण भएका सिर्जनाहरूले अवार्डमा सहभागिता जनाउन सक्नेछन्।
आयोजकले अवार्डका लागि मनोनयनमा परेका नामहरू १३ भदौमा अनलाइनमार्फत सार्वजनिक गर्ने तयारी गरेको छ। अवार्ड वितरण कार्यक्रम भने ३० भदौमा राजधानीमा आयोजना गरिनेछ।
अवार्डमा गीत–संगीत तथा फिल्म दुबै विधालाई समेटिएको छ। संगीततर्फ गायक, गायिका, नव गायक/गायिका, गीतकार, संगीतकार, संगीत संयोजक, म्युजिक भिडियो निर्देशक, मोडल, छायाकार, सम्पादक, शृंगार, वेषभूषा, मिक्सिङ र वाद्यवादन जस्ता विधाहरू समावेश छन्। फिल्मतर्फ भने निर्देशक, अभिनेता, अभिनेत्री, चरित्र कलाकार, खलनायक, गीतकार, गायक/गायिका, छायांकन, सम्पादन, पाश्र्वसंगीत, शृंगार, भेषभूषा, रंग संयोजनजस्ता विधामा अवार्ड प्रदान गरिनेछ।
अध्यक्ष गुरुङका अनुसार, राष्ट्रिय पहिचान निर्माणमा योगदान पु¥याइरहेका आदिवासी समुदायका सिर्जनात्मक प्रतिभाहरूको सम्मानमार्फत यो अवार्डले नयाँ पुस्तामा हौसला र उत्साह थप्ने अपेक्षा गरिएको छ।
-
दुष्प्रचार गरिएको भन्दै गोरखा १ का उम्मेदवार खत्रीद्वारा निर्वाचन आयोग र प्रेस काउन्सिलमा उजुरी
-
निर्वाचनको मुखमा चरित्र हत्या गर्ने प्रयास, भ्रममा नपर्न आग्रह
-
प्रकाशचन्द्र दवाडीलाई हरि घलेको आशीर्वाद: चुनाव जितेपछि मन्त्री बन्ने विश्वास व्यक्त
-
भ्रमपूर्ण प्रचारप्रति तरुण दल नुवाकोटको आपत्ति
-
नेपाली काङ्ग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडीद्वारा घोषणा–पत्र सार्वजनिक