काठमाडौं ट्ठ गायक अर्जुन सापकोटाले तीज लक्षित नयाँ गीत ‘के जन्मिएँ खै?’ सार्वजनिक गरेका छन्। बिहीबार साँझ अर्जुनकै स्वर, शब्द र संगीतमा तयार भएको गीतको भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको हो।
गीतमा अर्जुन सापकोटा र हरि गिरी विमर्शीको शब्द रहेको छ भने संगीत संयोजन (एरेञ्ज) एचबिएन किस्मतले गरेका छन्। भिडियोमा गायक अर्जुन स्वयंले अभिनय तथा नृत्य गरेका छन्।
भिडियोमा अर्जुनसँगै शिवु पाण्डे, कविता न्यौपाने, दीपा सिंखडा, जुना विश्वकर्मा, दिपा शाही र रेकिशा खत्रीको अभिनय देख्न सकिन्छ।
मौसम हिमालीको निर्देशनमा तयार भएको भिडियोको छायांकन दिनेश पराजुली र टिमले गरेका हुन् भने सम्पादन मिलन विश्वकर्माले गरेका हुन्।
‘दुःख साट्म्ला’जस्तो लोकप्रिय गीत सार्वजनिक गरेको करिब ९ महिनापछि अर्जुनले नयाँ अफिसियल गीत ल्याएका हुन्। तीजको अवसरमा ल्याइएको यस रमाइलो गीतले दर्शकमा मनोरञ्जन र सन्देश दुवै दिन खोजेको देखिन्छ।
-
सुमन परियार र मेनुका सोनीको ‘डिप्रेसन’ सार्वजनिक, प्रेम धोका र मानसिक पीडाको कथा
-
किन आयो युवा नेता मुकुन्द सिलवालको राजिनामा
-
कागभुसुण्डे मन्दिरमा धार्मिक एवं सांस्कृतिक कागबेनी मेला हुने
-
मानुङकोटको प्रेमकथामा आधारित बद्री सापकोटा र अमृत अधिकारीको ‘मानुङकोटैमा’ सार्वजनिक
-
लोक दोहोरी क्षेत्रमा जम्दै हरिचन्द्र भट्ट क्षेत्री