काठमाडौं । चर्चित सौंन्दर्यबिद सुष्मा महराको नयाँ तीज गीत सार्वजनिक भएको छ। गायिकाद्वय समीक्षा अधिकारी र रचना रिमालको स्वर रहेको नयाँ गीत ‘आयो तीज’ सार्वजनिक भएको छ ।
राजधानीमा आयोजित एक कार्यक्रमका बीच उक्त गीत सार्वजनिक गरिएको हो ।
सुष्मा महराको मौलिक शब्दहरू समेटिएको ‘रोमान्टिक’ शैली गीतमा पुरुषोत्तम न्यौपानेको संगीत र केशव बाबुको एरेञ्ज रहेको छ । ‘डान्सिङ सङ’को रुपमा बजारमा आएको उक्त गीतको भिडिओसमेत आकर्षक देखिएको छ ।
भिडिओमा गीतकार महरा र प्यारीको अभिनय छ । थुप्रै कोरस समेत प्रयोग भएको भिडिओको निर्देशन शक्ति प्रज्वल घिमिरेले गरेका हुन् । भिडिओमा चक्रबहादर बरालको छायाङ्कन र सतीश श्रेष्ठको सम्पादन रहेको छ ।
भिडिओको कोरियोग्राफी रोहिया महर्जनले गरेकी हुन् । फेसियल हाउसले निर्माण गरेको भिडिओ म्युजिक नेपालको अफिसिय युट्युब च्यालबाट सार्वजनिक गरिएको छ ।
कार्यक्रममा गीतकार महराले गीतका शब्द केबल शब्द मात्र नभएर आफ्नो जीवन भएको बताइन् । आफ्नो जीवनका विगत गीतको शब्दमार्फत उतारेकाले गीत तथा भिडिओ हेर्नेले आफ्नो जीवन छर्लङ्ग बुझ्ने उनको भनाइ छ ।
वरिष्ठ सौन्दर्यविद्समेत रहेकी महराको यो दोस्रो तीज गीत हो । महराले पहिलो गीतझैँ यो गीतमा पनि दर्शकले धेरै माया दिने विश्वास व्यक्त गरिन् ।
संगीतकार न्यौपानले गीतका शब्द मौलिक र मार्मिक भएकाले आफूले मर्म नमर्ने गरेर रोमान्टिक शैलीमा गीत तयार पारेको बताए । यस्तै, भिडिओ निर्देशक घिमिरेले गीत मौलिक भएकाले आफूले नेपाली कलासंस्कृति झल्कने गरेर भिडिओ निर्माण गरेको बताए ।
हेर्नुस् भिडियो :
-
सुमन परियार र मेनुका सोनीको ‘डिप्रेसन’ सार्वजनिक, प्रेम धोका र मानसिक पीडाको कथा
-
किन आयो युवा नेता मुकुन्द सिलवालको राजिनामा
-
कागभुसुण्डे मन्दिरमा धार्मिक एवं सांस्कृतिक कागबेनी मेला हुने
-
मानुङकोटको प्रेमकथामा आधारित बद्री सापकोटा र अमृत अधिकारीको ‘मानुङकोटैमा’ सार्वजनिक
-
लोक दोहोरी क्षेत्रमा जम्दै हरिचन्द्र भट्ट क्षेत्री