वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि अघि बढ्दै आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टी आज एक हुने भएका छन्। दुवै पार्टीले लोकतान्त्रिक चरित्रको मजबूत विकल्प प्रस्तुत गर्ने उद्देश्यअनुसार एकता प्रक्रियालाई अन्तिम रूप दिइरहेका छन्।
१३ वर्षअघि अभियानका रूपमा सुरु भएर दलमा रूपान्तरित भएको विवेकशील साझा र मात्र ४० महिनाअघि जन्मिएको रास्वपाबीचको एकता घोषणा आज दिउँसो २ बजे राष्ट्रिय सभागृहमा हुने तय भएको छ।
विवेकशील अभियान २०६९ सालमा स्व. उज्ज्वल थापाको अगुवाइमा सुरु भएको थियो भने २०७० सालबाट औपचारिक रूपमा निर्वाचन प्रतिस्पर्धामा उत्रिएको हो। रास्वपा भने २०७९ असार ७ गते स्थापना भएको नयाँ राजनीतिक शक्ति हो।
हाल विवेकशील साझाको नेतृत्वमा अध्यक्ष समीक्षा बास्कोटा र महासचिव रञ्जु दर्शना रहेका छन्। रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा जेलमा रहेका कारण पार्टीको जिम्मेवारी डीपी अर्यालले सम्हालिरहेका छन्।
एकतापछि पार्टीको नाम, चुनाव चिह्न र नेतृत्व रास्वपाकै रहने सहमति भएको छ, जुन विवेकशील साझाले नि:शर्त स्वीकार गरेको बताइएको छ।
राष्ट्रिय सभागृहमा आयोजना हुने एकता घोषणा सभामा दुवै पार्टीका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्। त्यही अवसरमा विवेकशील साझाले आफ्नो विपत् कोषमा रहेको ३३ लाख रुपैयाँ रास्वपालाई हस्तान्तरण गर्ने कार्यक्रम पनि तय भएको छ।
-
दुष्प्रचार गरिएको भन्दै गोरखा १ का उम्मेदवार खत्रीद्वारा निर्वाचन आयोग र प्रेस काउन्सिलमा उजुरी
-
निर्वाचनको मुखमा चरित्र हत्या गर्ने प्रयास, भ्रममा नपर्न आग्रह
-
प्रकाशचन्द्र दवाडीलाई हरि घलेको आशीर्वाद: चुनाव जितेपछि मन्त्री बन्ने विश्वास व्यक्त
-
गोरखामा बाबुराम आबद्ध प्रलोपाद्वारा कांग्रेसलाई समर्थन
-
नेपाली काङ्ग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडीद्वारा घोषणा–पत्र सार्वजनिक