काठमाडौँ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका निवर्तमान अध्यक्ष हरिबल्लभ नेपालले ‘लोक सञ्चारकर्मी कल्याणकारी कोष’मा हरिबल्लभ नेपालको २५ हजार योगदान गरेका छन् ।
शनिवार परेको जन्मदिनको अवसरमा कोषका अध्यक्ष समेत रहेका नेपालले २५ हजार २५ रुपैयाँ सहयोग प्रदान गरेका हुन् ।
पछिल्लो समय लोक सञ्चारकर्मीहरुको दुखमा सहयोग गर्ने हेतुले कोष बढवालाई तिब्रता दिइएको छ । कोषमा ६ लाख भन्दा बढी रकम जम्मा भइसकेको कोषका सचिव तथा संस्थाका अध्यक्ष चन्द्रमणि गौतमले जानकारी दिए ।
यसअघि राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका संस्थापक अध्यक्ष गोविन्द्र गिरी, वर्तमान अध्यक्ष चन्द्रमणि गौतम, सचिव कमल सरगमले आ–आफ्नो जन्मदिनको अवसरमा कल्याणकारी कोषमा रकम जम्मा गरिसकेका छन् ।
-
दुष्प्रचार गरिएको भन्दै गोरखा १ का उम्मेदवार खत्रीद्वारा निर्वाचन आयोग र प्रेस काउन्सिलमा उजुरी
-
निर्वाचनको मुखमा चरित्र हत्या गर्ने प्रयास, भ्रममा नपर्न आग्रह
-
प्रकाशचन्द्र दवाडीलाई हरि घलेको आशीर्वाद: चुनाव जितेपछि मन्त्री बन्ने विश्वास व्यक्त
-
भ्रमपूर्ण प्रचारप्रति तरुण दल नुवाकोटको आपत्ति
-
नेपाली काङ्ग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडीद्वारा घोषणा–पत्र सार्वजनिक