logo

बिहिबार, पुष २३ २०८२

kantipurpationlinetv

२०८२ पुष २३ बिहिबार

मदन कृष्ण श्रेष्ठलाई अभिनन्दन र कोमल ओलीलाई दीर्घ साधना सम्मान प्रदान गर्दै सम्पन्न भयो नवौं राष्ट्रिय रापती म्युजिक अवार्ड

मदन कृष्ण श्रेष्ठलाई अभिनन्दन र कोमल ओलीलाई दीर्घ साधना सम्मान प्रदान गर्दै सम्पन्न भयो नवौं राष्ट्रिय रापती म्युजिक अवार्ड


  • सोमबार, पुष १३ २०८२
  • 11.2K
    SHARES

    काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई अभिनन्दन तथा वरिष्ठ लोकगायिका कोमल ओलीलाई दीर्घ साधना सम्मान अर्पण गर्दै नवौँ राष्ट्रिय राप्ती म्युजिक अवार्ड–२०८२ भव्य रूपमा सम्पन्न भएको छ।

    राप्ती समाज काठमाडौंको आयोजनामा तथा अध्यक्ष गोविन्द मधुर आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र विशिष्ट अतिथिका रूपमा वरिष्ठ कलाकार नीर शाहको उपस्थिति रहेको थियो।

    काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा सम्पन्न कार्यक्रममा ४२ विभिन्न विधामा अवार्ड प्रदान गरिएको थियो। कार्यक्रममा मदनकृष्ण श्रेष्ठलाई अभिनन्दन गरिनुका साथै कोमल ओलीलाई दीर्घकालीन सांगीतिक योगदानको कदर गर्दै दीर्घ साधना सम्मान प्रदान गरिएको हो।

    कार्यक्रममा राप्ती सांस्कृतिक सम्मानबाट यागेश्वर बस्नेत, राप्ती सांस्कृतिक प्रतिभा पुरस्कारबाट नायक आकाश श्रेष्ठ, राप्ती डायस्पोरिक सांस्कृतिक सम्मानबाट गायक बसन्त लम्साल, राप्ती पत्रकारिता पुरस्कारबाट भोजराज थापा सम्मानित भए। यस्तै राप्ती बाल प्रतिभा पुरस्कार बाल कलाकार स्वयं केसीले प्राप्त गरे भने उद्यमशीलता सम्मान–२०८२ दीपक कार्कीलाई प्रदान गरिएको थियो।

    नारायण पाण्डेय लोकदोहोरी प्रतिभा पुरस्कार शान्ता ओली र प्रेमप्रसाद शर्मालाई प्रदान गरिएको थियो। साथै राप्ती समाज काठमाडौंका पूर्व अध्यक्ष, समाजसेवी तथा अधिवक्ता शशि शर्मा मजगैयाँलाई समाजको सर्वाङ्गीण विकासमा पुर्‍याएको योगदानको कदरस्वरूप राप्ती सामाजिक सम्मान–२०८२ अर्पण गरिएको छ।

    अवार्ड समारोहमा विभिन्न विधाका उत्कृष्ट कलाकारहरू पुरस्कृत भएका छन्। विजेताहरूको नामावली निम्नानुसार रहेको छ।

    सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत – हेमराज लामिछाने (हिमाल पहाड तराई)
    सर्वोत्कृष्ट चलचित्र गीतकार – सुरेन्द्र राणा (रुकुम मैकोटा)
    सर्वोत्कृष्ट चलचित्र संगीतकार – थानेश्वर गौतम (रात किन हुन्छ–चलचित्र एन्जिला)
    सर्वोत्कृष्ट चलचित्र गायिका – शान्ति श्री परियार (रुकुम मैकोटा)
    सर्वोत्कृष्ट नवगायिका – रेखा पोख्रेल (माया साह्रै छ)
    सर्वोत्कृष्ट नवगायक – सुरज भुसाल (मसंग जान्छौ होला नि)
    सर्वोत्कृष्ट सुगम संगीत गीतकार – डा. रमिल अधिकारी (आऊ एउटा वाचा गरौं)
    सर्वोत्कृष्ट सुगम संगीत संगीतकार – रोशन सिंह (बस्छौ भने दिल)
    सर्वोत्कृष्ट सुगम संगीत गायिका – मेलिना मैनाली (रित्ति जाने बैसको)
    सर्वोत्कृष्ट सुगम संगीत गायक – प्रमोद खरेल (बस्छौ भने दिल)
    सर्वोत्कृष्ट संगीत संयोजक – एच.बी.एन. किस्मत (मायालाई पानको पात)
    सर्वोत्कृष्ट भिडियो निर्देशक – रामजी लामिछाने (बस्छौ भने दिल)
    सर्वोत्कृष्ट भिडियो मोडेल (महिला) – कविता न्यौपाने (कलेजि कटाउने माया)
    सर्वोत्कृष्ट भिडियो मोडेल (पुरुष) – विक्रम बुढाथोकी (भाग्य लेख्ने भगवान)
    सर्वोत्कृष्ट मौलिक लोकगीत – मिना लामा (आकाशको जुन)
    सर्वोत्कृष्ट लोकदोहोरी शब्द – नेत्र अर्याल (पानको पसल)
    सर्वोत्कृष्ट लोकदोहोरी भाका – रमेश परियार (यो ओठमा)
    सर्वोत्कृष्ट लोकदोहोरी गायिका – देवी घर्ती (खोली सलल)
    सर्वोत्कृष्ट लोकदोहोरी गायक – प्रकाश दूतराज (रेशम)
    सर्वोत्कृष्ट भिडियो सम्पादक – पदम सुवेदी (मन्दिर छ र)
    सर्वोत्कृष्ट भिडियो छायाङ्कन – विजय भण्डारी (रातो किताब)
    सर्वोत्कृष्ट लोकदोहोरी भिडियो मोडेल (महिला) – नारायणी खत्री (करिमैले)
    सर्वोत्कृष्ट लोकदोहोरी भिडियो मोडेल (पुरुष) – पल शाह (करिमैले)
    सर्वोत्कृष्ट लोकदोहोरी भिडियो निर्देशक – विक्रम चौहान (मायालाई पानको पात)
    सर्वोत्कृष्ट ध्वनि मिश्रण – बिमल छिनाल (दुश्मन हेरेको हेरै)
    सर्वोत्कृष्ट लोकपप शब्द – सुरेश शिवाकोटी (केलाई हतार)
    सर्वोत्कृष्ट लोकपप संगीतकार – बी.पी. वाग्ले (म म नै रहन्न)
    सर्वोत्कृष्ट लोकपप गायिका – सिम्रन परियार (नजरमा नजर)
    सर्वोत्कृष्ट लोकपप गायक – चक्र बम (सौराई लागि)
    सर्वोत्कृष्ट डायस्पोरा – मञ्जु कोइराला (ए कान्छा)
    सर्वोत्कृष्ट देउडा गायिका – रेखा जोशी (सुनौँ कि चाँदी हौ)
    सर्वोत्कृष्ट देउडा गायक – सुनिल नेपाली (इशाराले बोला)
    इनकरेजमेन्ट अवार्ड – सन्जु पाठक (किन यस्तो भो जिन्दगी)
    पब्लिक च्वाइस अवार्ड – अंश बर्मा (सिन्दुर फेर्न मिल्छ)
    रापती बालप्रतिभा अवार्ड – रिदम गन्धर्व
    एप्रिसिएसन अवार्ड – किस्ना आचार्य (रोशनी निरीमायाको)
    रापती नवप्रतिभा अवार्ड – नमराज खड्का
    ज्यूरी अवार्ड – उत्साह घिमिरे (पोखरामा साइली)
    ज्यूरी अवार्ड – अर्जुन पोख्रेल (कसम बत्तीको)
    ज्यूरी अवार्ड – मिन गुरुङ (तिमीसँगै)

    उक्त कार्यक्रममा गायक तथा संगीतकार अर्जुन मिलन (संविधानविद् डा. भिमार्जुन आचार्य), वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, वरिष्ठ संगीतकार दीपक जङ्गम, , वरिष्ठ गायिका चन्द्रकला शाह, नायक पल शाह, गायक प्रमोद खरेललगायत सयौँ प्रतिष्ठित कलाकारहरूको उपस्थिति रहेको थियो।
    कार्यक्रममा हजारभन्दा बढी संगीत अनुरागीहरूको सहभागिता तथा दर्जनौँ संघ–संस्थाहरूको सहकार्य रहेको र आयोजकले आगामी वर्ष झनै व्यापक कार्यक्रम गर्ने प्रतिबद्धता जनाएको छ।

    तस्बिरहरू हेर्नुहोस्:

     


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech