logo

आइतबार, फाल्गुन ९ २०८२

kantipurpationlinetv

२०८२ फाल्गुन ९ आइतबार

किन आयो युवा नेता मुकुन्द सिलवालको राजिनामा

किन आयो युवा नेता मुकुन्द सिलवालको राजिनामा


  • मंगलबार, पुष २१ २०८२
  • 25.7K
    SHARES

    काठमाडौं । तराई मधेश ,पहाड र हिमाललाई एकसाथ जोडेर बैकल्पिक राजनैतीक शक्ति निर्माण गर्ने भन्दै अगाडी बढेको राजेन्द्र महतो समुहको राष्ट्रिय मुक्ति पार्टीमा पछिल्लो समय केहि किचलोहरु देखा पर्न थालेका छन् ।

    आज केन्द्रीय कार्यालयमा राजिनामा पत्र बुझएका युवा नेता मुकुन्द सिलवालले पार्टी भित्र उत्पन्न भएको किचलो बारे आफ्नो धारणा स्प्रष्ट पार्दै सिमित व्यक्तिहरुको राजनैतीक लक्ष्य पुरा गर्न युवाहरुलाई प्रयोगमात्र गर्न खोजिएको आरोप लगाएका छन् ।
    उनले बुझाएको राजिनामा पत्रमा आज देखि राष्ट्रिय मुक्ति पार्टी नेपालको साधारण सदस्यता साथै पार्टीसंग आबद्ध सम्पूर्ण जिम्मेवारी बाट अलग भएको घोषणा गरिएको छ ।
    पछिल्लो समय पार्टीको बैचारिक दिशा, नेतृत्वको कार्यशैलि तथा राजनैतिक अभ्यास प्रती गम्भीर असहमती रहँदै आएको र कुनैपनि व्यक्तिको अनुहारबाट राष्ट्रिय मुक्ति क्रान्ती सम्भब छैन भन्ने आफ्नो स्पष्ट ठम्याई रहेको सिलवालले वताएका छन् ।
    पार्टी भित्र समस्याहरुको ठोस समाधान र दीर्घकालिन लक्ष्य प्रति साथ नदिने प्रवृती छ, युवाहरुको भावना, आकांक्षा र संघर्ष लाई बुझ्न नसक्ने युवाहरुको उर्जालाई केवल प्रयोग गर्ने, निर्णय प्रक्रियामा युवाहरुलाई सहभागी नगराउने पार्टी संरचनामा बसिरहनु आफ्नो आत्मसम्मान र राजनैतिक चेतनासँग मेल नखाने भएकोले पार्टीबाट राजिनामा दिएको सिलवाल बताउँछन् ।
    सिलवालले पार्टीमा विताएका समय, सहकर्मीहरुसंगको अनुभब आफ्ना लागि प्रेरणाको श्रोत बनिरहने साथै भविष्यमा सबैप्रती शुभेच्छा प्रकट गर्दै राजिनामा स्विकृतिको प्रस्ताव गरेका छन् ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech