काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन देशभर एकैपटक नहुन सक्ने सम्भावनाप्रति आशंका व्यक्त गरेका छन्।
मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष ओलीले यस्तो ब्रिफिङ गरेका हुन्। अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै एमाले उपमहासचिव लेखराज भट्टले निर्वाचनमा जाने रणनीतिबारे पार्टी नेतृत्वबीच छलफल भइरहेको जानकारी दिए।
भट्टका अनुसार अध्यक्ष ओलीले बाह्य रूपमा निर्वाचनको माहोल बनेको देखिए पनि त्यसलाई आन्दोलनकै रूपमा लिएर तयारी गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्। सरकारका गतिविधि तथा देशमा देखिएका साम्प्रदायिक घटनाक्रमले निर्वाचन हुन्छ कि हुँदैन भन्ने अन्योलता सिर्जना गरेको अध्यक्ष ओलीको निष्कर्ष रहेको उनले बताए।
भट्टले भने, “चुनावमा कसरी जाने भन्ने विषयमा नेतृत्वबीच छलफल हुनु स्वाभाविक हो। बाह्य रूपमा वातावरण बनेको जस्तो देखिए पनि त्यसको तयारी हामीले गर्नुपर्छ। अध्यक्षज्यूको भनाइ अनुसार निर्वाचनलाई आन्दोलनकै रूपमा लिनुपर्छ। तर सरकारको गतिविधि र देशमा भइरहेका साम्प्रदायिक घटनाले निर्वाचन हुन्छ कि हुँदैन भन्ने अन्योलता देखिएको छ।”
उनका अनुसार अध्यक्ष ओलीले निर्वाचन एकैपटक नहुन सक्ने, खण्ड–खण्डमा समेत हुन सक्ने सम्भावनाप्रति सचेत रहन र त्यसका लागि मनोवैज्ञानिक रूपमा तयार हुन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।
-
चलचित्र ‘बध’बाट बद्री प्रसाद तिवारीको फिल्मी डेब्यु, पोखराबाट छायांकन सुरु
-
भोटेकोशी बाढीपीडितका लागि एनआरएनए एनसीसी यूएईद्वारा ११ लाख ३५ हजार रुपैयाँ सहयोग
-
कलाकारको दुःखमा दोहोरीगीत प्रतिष्ठानको साथ : मृतक कलाकारका परिवारलाई ५० हजारदेखि उपचारमा २५ हजारसम्म राहत
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने
-
गायिका शान्ति श्रीस मगरको लाउरेनीलाई मस्ती सार्वजनिक, टिकटकदेखि फेसबुक रिल्ससम्म चर्चामा