काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले जेन–जी आन्दोलनमा भएको दमनसम्बन्धी विषयमा छानबिन गर्न गठन गरिएको आयोगमा लिखित जवाफ पेस गरेका छन्।
मेयर शाहले आयोगले सोधेका प्रश्नहरूमा केन्द्रित रही सोमबार तीन पृष्ठ लामो लिखित जवाफ बुझाएका हुन्। उनको सचिवालयका अनुसार सोमबार अपराह्न ४ बजे आयोगका १५ वटा प्रश्नको लिखित जवाफ पेस गरिएको हो।
यसअघि आयोगले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि आफ्नो धारणा पेस गर्न पत्र पठाएको थियो। सोही क्रममा काठमाडौँ महानगरपालिकाका मेयर शाहलाई समेत प्रश्नावलीसहितको पत्र पठाइएको आयोगले जनाएको छ।
-
किन आयो युवा नेता मुकुन्द सिलवालको राजिनामा
-
मदन कृष्ण श्रेष्ठलाई अभिनन्दन र कोमल ओलीलाई दीर्घ साधना सम्मान प्रदान गर्दै सम्पन्न भयो नवौं राष्ट्रिय रापती म्युजिक अवार्ड
-
रोहन रसाईलीको ‘उड्ने जहाजमा’ सार्वजनिक
-
फेसियल हाउसले पोखरामा पनि मनायो १८औँ वार्षिकोत्सव
-
तेस्रो राष्ट्रिय आदिवासी संगीत तथा चलचित्र अवार्ड २०८२ सम्पन्न