गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ।
आइतबार बिहान दिल्लीस्थित आफ्नै निवासमा उनको निधन भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै प्रशान्त निकट फिल्मकर्मी राजेश घतानीले जानकारी दिए।
दार्जिलिङका गायक महेश सेवाले पनि प्रशान्तको निधन भएको पुष्टि गरे। उनलाई कार्डियाक अरेस्ट भएको बताइएको छ।
इन्डियन आइडल विजेता प्रशान्तले थुप्रै नेपाली नेपाली गीत गाएका छन् भने आधा दर्जन बढी फिल्ममा समेत अभिनय गरेका छन्।
‘गोर्खा पल्टन’, ‘परदेशी’, ‘परदेशी-२’, प्रशान्तका हिट नेपाली फिल्महरु हुन्। उनले हालसालै सलमान खानको फिल्म ‘ब्याटल अफ गलवान’ को छायांकन सकेका थिए।
-
किन आयो युवा नेता मुकुन्द सिलवालको राजिनामा
-
मदन कृष्ण श्रेष्ठलाई अभिनन्दन र कोमल ओलीलाई दीर्घ साधना सम्मान प्रदान गर्दै सम्पन्न भयो नवौं राष्ट्रिय रापती म्युजिक अवार्ड
-
फेसियल हाउसले पोखरामा पनि मनायो १८औँ वार्षिकोत्सव
-
लोक दोहोरी क्षेत्रमा जम्दै हरिचन्द्र भट्ट क्षेत्री
-
माघ १ मा रिलिज हुने ‘गोबर गणेश’को ट्रेलर युट्युब ट्रेन्डिङमा एक नम्बर