logo

आइतबार, फाल्गुन १६ २०८२

kantipurpationlinetv

२०८२ फाल्गुन १६ आइतबार

समिक्षा र रामजीको स्वरमा रहेको ‘तिम्रो माया फूलजस्तै बसायो’ सार्वजनिक

समिक्षा र रामजीको स्वरमा रहेको ‘तिम्रो माया फूलजस्तै बसायो’ सार्वजनिक


  • सोमबार, पुष २७ २०८२
  • 44.9K
    SHARES

    लोक दोहोरी गायक नेपाल रानाभाट ‘सुबोध’ को नयाँ गीत ‘तिम्रो माया फूलजस्तै बसायो’ आज सार्वजनिक भएको छ। गीतमा समिक्षा अधिकारी र रामजी पौडेलको स्वर रहेको छ।

    सानो बाल्यकालका सम्झनालाई गीतमा उतारेका रानाभाटले आफ्नै शब्द, लय र परिकल्पनामा गीत तयार पारेका हुन्। भिडियोमा रानाभाटले आफ्नो जन्मस्थान भिर, पाखापखेरा र खोलानालामा छायांकन गरेका छन्। भिडियोमा अभिनेत्री अञ्जली अधिकारी र कोरियोग्राफर शोभा थापाको पनि अभिनय देख्न सकिन्छ।

    गीतको भिडियो तारानाथ आचार्यले निर्देशन र सम्पादन गरेका छन् भने छायांकन र एरेन्ज अनिल कार्कीले गरेका छन्। अन्य प्राविधिक सहयोगमा सुवास अम्गाई (रङ संयोजन), जय गरुङ (मेकअप), र अमृत देवकोटा र सुरज अधिकारी (बज्र) रहेका छन्।

    गीत डिजिटल स्टार रेकर्डिङ स्टुडियो प्रा.लि. मा रेकर्ड गरिएको हो भने मिक्सिङ खड्क बाजुरालीले गरेका छन्। भिडियो राजमी पौडेल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ। भिडियो हेर्नुहोस्:


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech