logo

शनिबार, फाल्गुन १५ २०८२

kantipurpationlinetv

२०८२ फाल्गुन १५ शनिबार

गोरखामा बाबुराम आबद्ध प्रलोपाद्वारा कांग्रेसलाई समर्थन

गोरखामा बाबुराम आबद्ध प्रलोपाद्वारा कांग्रेसलाई समर्थन


  • शनिबार, फाल्गुन १५ २०८२
  • 6.7K
    SHARES

    गोरखा — पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई आबद्ध प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले गोरखाका दुवै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस लाई सहयोग गर्ने निर्णय गरेको छ।

    फागुन २१ गते हुने निर्वाचनमा प्रलोपाले प्रत्यक्षतर्फ कांग्रेसको चुनाव चिन्ह ‘रुख’ लाई समर्थन गर्ने जनाएको छ। समानुपातिकतर्फ भने आफ्नै चुनाव चिन्ह ‘आँखा’ मा मतदान गर्ने निर्णय गरिएको जिल्ला अध्यक्ष नारायण खत्रीले जानकारी दिए।

    दुई पार्टीबीच मिलेर जाने समझदारीअनुसार पार्टीले उक्त निर्णय गरेको खत्रीको भनाइ छ। प्रलोपाको हालै सम्पन्न बैठकले गोरखामा कांग्रेसलाई सहयोग गर्ने निर्णय गरेपछि नेपाली कांग्रेस गोरखाले आभार व्यक्त गरेको छ।

    यसअघि २०७४ सालको निर्वाचनमा कांग्रेससँग चुनावी तालमेल गर्दै डा. भट्टराई गोरखा–२ बाट निर्वाचित भएका थिए। यसपटक पनि उनले उम्मेदवारी दर्ता गरेका थिए, तर पछि उम्मेदवारी फिर्ता लिएका छन्।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech