काठमाडौँ । लोक, कला, संस्कृतिको संरक्षण र प्रवर्द्धनका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएको राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले यो वर्ष पनि राष्ट्रिय धान दिवस मनाउने भएको छ । असार १५ गते बिहान ११ बजे देखि गोकर्णेश्वर नगरपालिका ७ शिव चोक स्थित परशुराम आचार्यको खेतमा रोपाई गरी धान दिवस मनाउन लागिएको कार्यक्रम संयोजक शिखर जङ्ग श्रेष्ठले जानकारी दिए ।
इन्द्रेणी सांस्कृतिक विकास केन्द्र सहआयोजक रहेको धान दिवस विशेष कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाले सहकार्य गरेको छ । कार्यक्रम सफल पार्न युके निवासी समाजसेवी सुविन गुरुङ, अमेरिका निवासी समाजसेवी राजु केसी, युके निवासी समाजसेवी अनिल सेडाँई, सामाजिक अभियन्ता परशुराम आचार्य, ओम चाबहिल डेन्टल, चाबहिल र कोटेश्वर, नेकपा माओवादी केन्द्र गोकर्णेश्वरका नगर अध्यक्ष मान बहादुर तामाङ लगायतले सहयोग गर्नुभएको राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका सचिव कमल सरगमले जानकारी दिए ।
धान दिवस विशेष कार्यक्रम गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक कुमार रिसालको प्रमुख आतिथ्यता तथा वरिष्ठ लोक गायक तथा चलचित्र निर्देशक नारायण रायमाझी, घाँसे गीतका ज्ञाता तथा वरिष्ठ लोक गायक शिव नारायण जोशी विशिष्ट आतिथ्यता रहने छ । त्यस्तै, गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता नारायण बहादुर सुवेदी, गोकर्णेश्वर ७ का वडाध्यक्ष केशव गुरुङ, गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौली लगायतका व्यक्तिहरूको समेत उपस्थिति रहनेछ ।
कार्यक्रममा पञ्चेबाजाका अलवा इन्द्रणी टिमको बेजोड प्रस्तुति रहनेछ । त्यस्तै, लोक तथा दोहोरी गायक गायिकाहरू बद्री पङ्गेनी, नवराज घोरासिनी, घमेश दुलाल, सरोज लामिछाने, उमा श्रेष्ठ, आशा लामा, भीमसेन खतिवडा, मनीषा घोरासिनी, राजेन्द्र भण्डारी, राजेश ढकाल, आशा लामा, शुशिला लामा, आयूषा गौतम, लगायतका कलाकर्मीको उपस्थिति र प्रस्तुति रहने राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका केन्द्रीय अध्यक्ष चन्द्रमणि गौतमले जानकारी दिए ।
धान दिवसको अवसरमा दही चिउरा खाँदै हिलोमा रमाउँदै रोपाई कार्यक्रममा सहभागी बन्न सम्पूर्ण संस्कृति प्रेमी महानुभावमा संस्थाले सार्वजनिक अपिल समेत गरेको छ ।
-
सुमन परियार र मेनुका सोनीको ‘डिप्रेसन’ सार्वजनिक, प्रेम धोका र मानसिक पीडाको कथा
-
किन आयो युवा नेता मुकुन्द सिलवालको राजिनामा
-
कागभुसुण्डे मन्दिरमा धार्मिक एवं सांस्कृतिक कागबेनी मेला हुने
-
मानुङकोटको प्रेमकथामा आधारित बद्री सापकोटा र अमृत अधिकारीको ‘मानुङकोटैमा’ सार्वजनिक
-
लोक दोहोरी क्षेत्रमा जम्दै हरिचन्द्र भट्ट क्षेत्री