काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते सबै मतदातालाई मतदान गर्न पूर्ण समय छुट्याउन आग्रह गरेकी छन्। सोमबार मध्यान्ह देशबासीका नाममा सम्बोधन गर्दै उनले निर्वाचनमा सक्रिय सहभागिता जनाउन अपिल गरेकी हुन्।
प्रधानमन्त्री कार्कीले भनिन्, “देशलाई राजनीतिक स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउनका लागि सबै मतदाता आगामी निर्वाचनमा सरिक भइदिनुहोस्। भोट हाल्नु केवल चुनाव चिन्हमा छाप लगाएर कसैलाई जिताएर पठाउनु मात्र होइन, यो तपाईंले आफ्नो र आफ्नो सन्तानको भविष्य निर्धारण गर्ने महत्वपूर्ण निर्णय हो।” उनले मतदातालाई फागुन २१ गते बिहीबारका दिन अरू काम छाडेर मतदान केन्द्र पुग्न आग्रह गरेकी छन्।
उनी राजनीतिक दलहरूबीच स्वस्थ प्रतिस्पर्धा भए पनि मनमुटाव र वैमनस्य हुन नहुनेमा जोड दिँदै भनिन्, “निर्वाचनको यस सँघारमा म सबैलाई शान्ति र अमनचयन कायम राख्न अनुरोध गर्दछु। शान्ति नै नेपालको असली पहिचान हो। चुनावमा फरक विचार र प्रतिस्पर्धा हुन सक्छ, तर हामीबीच वैमनस्य हुनु हुँदैन।”
प्रधानमन्त्री कार्कीले चुनावी मैदानमा रहेकाहरू—सर्वसाधारण, राजनीतिक दल र स्वतन्त्र उम्मेदवार सबैलाई सक्रियतापूर्वक लोकतन्त्रमा योगदान पुर्याएकोमा धन्यवाद दिइन्। साथै, उनले मौन अवधिमा पूर्ण अनुशासनको पालना गर्न पनि अनुरोध गरेकी छन्।
-
दुष्प्रचार गरिएको भन्दै गोरखा १ का उम्मेदवार खत्रीद्वारा निर्वाचन आयोग र प्रेस काउन्सिलमा उजुरी
-
निर्वाचनको मुखमा चरित्र हत्या गर्ने प्रयास, भ्रममा नपर्न आग्रह
-
प्रकाशचन्द्र दवाडीलाई हरि घलेको आशीर्वाद: चुनाव जितेपछि मन्त्री बन्ने विश्वास व्यक्त
-
गोरखामा बाबुराम आबद्ध प्रलोपाद्वारा कांग्रेसलाई समर्थन
-
नेपाली काङ्ग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडीद्वारा घोषणा–पत्र सार्वजनिक