logo

सोमबार, फाल्गुन २४ २०८२

kantipurpationlinetv

२०८२ फाल्गुन २४ सोमबार

गोरखाकी पूर्णिमा श्रेष्ठले १३ दिनमा तीनपटक सगरमाथा आरोहण गरी गिनिज वर्ल्ड रेकर्ड कायम गरिन्

गोरखाकी पूर्णिमा श्रेष्ठले १३ दिनमा तीनपटक सगरमाथा आरोहण गरी गिनिज वर्ल्ड रेकर्ड कायम गरिन्


  • आइतबार, फाल्गुन २३ २०८२
  • 5.3K
    SHARES

    गोरखा, ८ मार्च – कीर्तिमानी सगरमाथा आरोही पूर्णिमा श्रेष्ठ ले १३ दिनको अवधिमा तीनपटक सगरमाथा आरोहण गरी गिनिज बुक अफ वल्र्ड रेकर्ड मा नाम लेखाउन सफल भएकी छन्।

    श्रेष्ठले सन् २०२४ को मे महिनामा एकै सिजनमा १३ दिनभित्र तीनपटक विश्वको सर्वोच्च शिखर सगरमाथाको शिखरमा पाइला टेकेकी पहिलो महिला आरोही बनेकी हुन्। यसअघि पुरुषले यो रेकर्ड कायम गरिसकेका थिए।

    उनले मे १२, मे १९ र मे २५, २०२४ मा सगरमाथा आरोहण गरेकी थिइन्। यो ऐतिहासिक उपलब्धि हासिल गरेपछि श्रेष्ठले आफ्नो कीर्ति देशकै गर्व भएको बताएकी छन्।

    श्रेष्ठले प्राप्त गरेको गिनिज प्रमाणपत्र अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत् सार्वजानिक गर्दै लेखेकी छिन्: “सपना देख्ने हरेक महिलाले दृढ संकल्प, साहस र निरन्तर मेहनतका साथ असम्भव जस्तै देखिने सम्पूर्ण सफलताका शिखरहरू चढ्न सकून्।”

    पूर्णिमा श्रेष्ठको यो उपलब्धिले नेपाल र विश्वका महिला आरोहीहरूलाई प्रेरणा दिएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech