गोरखा, २४ फागुन – फागुन २१ को प्रतिनिधिसभा निर्वाचन, गोरखा–२ अन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कविन्द्र बुर्लाकोटी फराकिलो मतान्तरले विजयी भएका छन्।
जिल्ला निर्वाचन कार्यालयका अनुसार, यस निर्वाचनमा कुल ५७,१५६ मत खसेको थियो। यसमा ३,००९ मत बदर भए। कुल सदर मत ५४,१४७ रहेको छ।
अन्तिम मत परिणाम
-
कविन्द्र बुर्लाकोटी (रास्वपा, घन्टी) – २६,६६० मत (विजयी)
-
प्रकाश चन्द्र दवाडी (कांग्रेस, रूख) – ११,७०० मत
-
लेखनाथ न्यौपाने (नेकपा, तारा) – ११,०७३ मत
-
मिलन गुरुङ (एमाले, सूर्य) – ३,०८७ मत
-
बलराम तामाङ (बिजुलीको चिम) – ६३९ मत
-
कुलबहादुर बस्नेत (हलो) – २९२ मत
-
सोमबहादुर गुरुङ (कुखुराको भाले) – २९० मत
-
टेकबहादुर गुरुङ (गुलाबको फूल) – १३० मत
-
प्रसाद गुरुङ (उडिरहेको माउरी) – १११ मत
-
चुना प्रसाद ढकाल (सारङ्गी) – ८० मत
-
कल्पना कुमाल (मोबाइल) – ४० मत
-
रामशरण बुढाथोकी (मादल) – ३० मत
-
हरि पोख्रेल (मुसो) – १४ मत
गत निर्वाचन (२०७९) मा कांग्रेस–माओवादी गठबन्धनको प्रभावले प्रचण्डसँग पराजय भोगेका बुर्लाकोटीले यसपटक फराकिलो मतान्तरले पुनः सांसद बनेका हुन्। उनले २६,६६० मत प्राप्त गरेर आफ्नो प्रतिद्वन्द्वी प्रकाशचन्द्र दवाडीलाई १४,९६० मतले हराएका छन्।
बुर्लाकोटी रास्वपाका संस्थापक सहमहामन्त्री तथा हाल महासचिव हुन्। उनी पार्टीको संगठन विभागको प्रमुखका रूपमा पनि कार्यरत छन्। यसअघि नेसनल युथ फेडेरेसनमा आबद्ध रहिसकेका उनी ‘नयाँ नेपाल, बेटर नेपाल’ अभियानका संयोजक पनि रहेका छन्।
४६ वर्षीय बुर्लाकोटी पालुङटार नगरपालिका–९ का निवासी हुन् र नेपाल कमर्स क्याम्पस, मीनभवनका पूर्वविद्यार्थी हुन्। उनी व्यवसायिक रूपमा ट्राभल क्षेत्रमा पनि अनुभव राख्छन्।
-
चलचित्र ‘बध’बाट बद्री प्रसाद तिवारीको फिल्मी डेब्यु, पोखराबाट छायांकन सुरु
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने
-
गायिका शान्ति श्रीस मगरको लाउरेनीलाई मस्ती सार्वजनिक, टिकटकदेखि फेसबुक रिल्ससम्म चर्चामा
-
जेनजी आन्दोलनको एक वर्ष : उतारचढाव, स्थिरता र समृद्धिको नयाँ बाटो
-
कांग्रेसले सरकारलाई दियो १ करोड, बाढीपीडितको राहत र पुनर्स्थापनामा खर्च गर्न आग्रह