गोरखा — प्रकाश चन्द्र दवाडी ले गोरखा निर्वाचन क्षेत्र नम्बर २ का मतदाताप्रति धन्यवाद व्यक्त गर्दै समग्र गोरखाको विकास, समृद्धि र गोरखाली जनताको हितका लागि आफू सधैँ साथमा रहने बताएका छन्।
नेपाली कांग्रेस का उम्मेदवार दवाडीले सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै चुनावी अभियानमा सहयोग गर्ने सम्पूर्ण पार्टी सदस्य, शुभेच्छुक तथा मतदातालाई आभार व्यक्त गरेका हुन्। उनले पार्टीले आफूलाई विश्वास गरेर उम्मेदवार बनाएकोमा नेपाली कांग्रेसप्रति पनि कृतज्ञता प्रकट गरेका छन्।
दवाडीले चुनावी प्रतिस्पर्धामा मत दिएर साथ दिने सम्पूर्ण मतदाताप्रति धन्यवाद दिँदै यस पटकको निर्वाचन परिणाम आफ्नो पक्षमा ल्याउन नसकेको भन्दै क्षमायाचना गरेका छन्। उनले मतदाताको विश्वास र मेहनतलाई अपेक्षित गन्तव्यसम्म पुर्याउन नसकेको उल्लेख गर्दै आगामी दिनमा आफ्ना कमजोरी सुधार्दै अझ जिम्मेवार भएर जनताको सेवामा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
यसैबीच उनले गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचित कविन्द्र बुर्लाकोटी लाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी का महामन्त्रीसमेत रहेका बुर्लाकोटीको कार्यकाल गोरखाको विकास, समृद्धि र जनताको हितमा केन्द्रित हुने विश्वास पनि दवाडीले व्यक्त गरेका छन्।
उनले गोरखाली जनताका आवश्यकता र गुनासाहरूको उचित सम्बोधन होस् भन्ने अपेक्षा राख्दै राजनीतिक यात्रामा आफूबाट कुनै त्रुटि भएको भए निरन्तर खबरदारी गरिदिन मतदातासँग आग्रह गरेका छन्।
दवाडीले चुनावी परिणाम आफ्नो पक्षमा नआए पनि आफू निराश नभई अझ योग्य, परिष्कृत र जनमुखी बनेर पुनः जनताको सेवामा उभिने प्रतिबद्धता व्यक्त गरेका छन्।
“जय नेपाल,” भन्दै उनले गोरखाली जनताको सुख–दुःखमा सधैँ साथ रहने प्रतिबद्धता दोहोर्याएका छन्।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी