logo

सोमबार, फाल्गुन २४ २०८२

kantipurpationlinetv

२०८२ फाल्गुन २४ सोमबार

गोरखा–२ मा एमालेका मिलन गुरुङ सहित १० जनाको जमानत जफत

गोरखा–२ मा एमालेका मिलन गुरुङ सहित १० जनाको जमानत जफत


  • सोमबार, फाल्गुन २४ २०८२
  • 3.5K
    SHARES

    गोरखा — प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका १० जनाको जमानत जफत भएको छ। निर्वाचन ऐन अनुसार, उम्मेदवारले कुल सदर मतको १० प्रतिशत प्राप्त नगरेको खण्डमा उनीहरूको जमानत जफत हुने व्यवस्था छ।

    गत बिहीबार सम्पन्न निर्वाचनमा गोरखा–२ मा २ स्वतन्त्रसहित ११ वटा पार्टीका कुल १३ जना उम्मेदवारले उम्मेदवारी दिएका थिए। निर्वाचन अधिकृत मोहन प्रसाद बेल्वासका अनुसार, तीमध्ये २ स्वतन्त्र र ८ पार्टीका उम्मेदवारको जमानत जफत हुने देखिएको छ।

    जमानत जफत हुने उम्मेदवारहरूमा नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत माक्र्सबादी–लेनिनबादी) अर्थात एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, मंगोल नेशनल अर्गनाइजेन, नेशनल रिपब्लिक नेपाल, नेपाल कम्यूनिष्ट पार्टी (माओबादी), उज्यालो नेपाल, आम जनता पार्टी र २ स्वतन्त्र रहेका छन्।

    जमानत जोगाउन कम्तीमा ५,४१५ मत आवश्यक थियो। तर उम्मेदवारहरूले प्राप्त गरेका मत यस्ता छन्:

    • एमाले (चिन्ह: सूर्य) – मिलन गुरुङ: ३,८७ मत

    • राष्ट्रिय प्रजातन्त्र पार्टी (चिन्ह: हलो) – कुल बहादुर बस्नेत: २९२ मत

    • नेपाल मजदुर किसान पार्टी (चिन्ह: मादल) – राम शरण बुढाथोकी: ३० मत

    • मंगोल नेशनल अर्गनाइजेन (चिन्ह: कुखुराको भाले) – सोम बहादुर गुरुङ: २९० मत

    • नेशनल रिपब्लिक नेपाल (चिन्ह: उडीरहेको माहुँरी) – प्रसद गुरुङ: १११ मत

    • नेपाल कम्यूनिष्ट पार्टी (माओबादी, चिन्ह: गुलाफको फूल) – टेक बहादुर प्रधान: १३० मत

    • उज्यालो नेपाल (चिन्ह: बलिरहेको बिजुलीको चिमनी) – बलराम तामाङ: ६३९ मत

    • आम जनता पार्टी (चिन्ह: मोबाइल) – कल्पना कुमाल: ४१ मत

    • स्वतन्त्र (चिन्ह: सारङ्गी) – चुडा प्रसाद ढकाल: ८० मत

    • स्वतन्त्र (चिन्ह: मुसो) – हरि पोखरेल: १४ मत

    निर्वाचन अधिकृत बेल्वासले सबै १० उम्मेदवारको जमानत जफत हुने पुष्टि गरेका छन्।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech