काठमाडौं–ओखलढुंगामा प्रत्यक्षतर्फका मतपत्र समानुपातिकतर्फको मतपेटिकामा भेटिएका छन्। मतगणना सुरु गर्नुअघि यी मतपत्र हराएको ठानेको थियो, तर समानुपातिक गणनाका क्रममा बाकस खोल्दा प्रत्यक्षतर्फका मतपत्र भेटिएका हुन्। यहाँ केवल पाँच मतको अन्तरले हारजितको छिनोफानो भएकोले यी मतपत्रले परिणाम फरक पार्ने अप्ठ्यारो अवस्था सिर्जना भएको थियो। तर सहायक निर्वाचन अधिकृत सविनराज पाण्डेका अनुसार, मतगणना सुरु गर्नुअघि नै सर्वदलीय मुचुल्कामा प्रत्यक्षतर्फका मतपत्र समानुपातिक मतपेटिकामा भेटिएमा बदर गर्ने सहमति भई हस्ताक्षर गरिएको हुँदा यी मतपत्र बदर भएका छन्।
यस अनुसार, नेपाली कांग्रेसका कुमार लुइँटेललाई पाँच मतले पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विश्वराज पोखरेल निर्वाचित भएका छन्। झिनो अन्तरले हारेका लुइँटेलले पनि अब यी मतपत्र बदर भइसकेको स्वीकार गरेका छन्। उनले प्रत्यक्षतर्फको गणना सकिँदा प्रत्यक्षतर्फको बाकसमा मुचुल्कामा भन्दा १८८ मत कम भेटिएको बताए।
-
चलचित्र ‘बध’बाट बद्री प्रसाद तिवारीको फिल्मी डेब्यु, पोखराबाट छायांकन सुरु
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने
-
गायिका शान्ति श्रीस मगरको लाउरेनीलाई मस्ती सार्वजनिक, टिकटकदेखि फेसबुक रिल्ससम्म चर्चामा
-
जेनजी आन्दोलनको एक वर्ष : उतारचढाव, स्थिरता र समृद्धिको नयाँ बाटो
-
कांग्रेसले सरकारलाई दियो १ करोड, बाढीपीडितको राहत र पुनर्स्थापनामा खर्च गर्न आग्रह