logo

बिहिबार, चैत्र ११ २०८२

kantipurpationlinetv

२०८२ चैत्र ११ बिहिबार

बालेनलाई दलको नेता चयन गर्ने प्रस्ताव केन्द्रीय समितिबाट पारित

बालेनलाई दलको नेता चयन गर्ने प्रस्ताव केन्द्रीय समितिबाट पारित


  • बिहिबार, चैत्र ११ २०८२
  • 3.9K
    SHARES

    १२ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिले संसदीय दल गठनको प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ।

    केन्द्रीय समिति बैठकले बालेन्द्र शाह (बालेन) लाई संसदीय दलको नेता बनाउने प्रस्ताव अनुमोदन गरेको प्रवक्तासमेत रहेका सांसद मनिष झाले जानकारी दिएका छन्।

    सिंहदरबारस्थित प्रतिनिधिसभाको हलमा शपथ ग्रहण समारोह सम्पन्न भएलगत्तै रास्वपाका सांसदहरू बनस्थलीस्थित केन्द्रीय कार्यालयमा पुगेर बैठक बसेका थिए।

    अब केहीबेरमै बस्ने संसदीय दलको बैठकले बालेनलाई दलको नेतामा औपचारिक रूपमा चयन गर्ने तयारी गरिएको छ। शाहलाई फागुन २१ को निर्वाचनमा रास्वपाले प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको थियो।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech