logo

शनिबार, जेष्ठ ३० २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ ३० शनिबार

कान्तिपुर जनरल हस्पिटलद्वारा एकीकृत समृद्धि नेपाललाई आर्थिक सहयोग

कान्तिपुर जनरल हस्पिटलद्वारा एकीकृत समृद्धि नेपाललाई आर्थिक सहयोग


  • सोमबार, चैत्र २ २०८२
  • 18.5K
    SHARES

    बसुन्धरास्थित कान्तिपुर जनरल हस्पिटलले सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै तारकेश्वर–१०, मनमैजुमा रहेको एकीकृत समृद्धि नेपाल संस्थालाई आर्थिक सहयोग प्रदान गरेको छ। एक विशेष कार्यक्रमका बीच उक्त सहयोग हस्तान्तरण गरिएको हो।

    एकीकृत समृद्धि नेपालले नेपालका विभिन्न भूभागमा रहेका द्वन्द पीडित, असहाय तथा सामाजिक रूपमा कमजोर बालबालिकाको संरक्षण, शिक्षा, स्वास्थ्य तथा मानवीय सेवामा महत्वपूर्ण काम गर्दै आएको संस्था हो। संस्थाले द्वन्द पीडित बालबालिका, २०७२ सालको विनाशकारी भूकम्पबाट प्रभावित बालबालिका तथा प्राकृतिक प्रकोपबाट प्रभावित बालबालिकालाई गास, बास, कपास, स्वास्थ्य, शिक्षा तथा उच्च शिक्षाको अवसर उपलब्ध गराउँदै उनीहरूको उज्ज्वल भविष्य निर्माणमा योगदान दिँदै आएको छ। यसै सन्दर्भमा संस्थालाई आर्थिक, भौतिक तथा नैतिक सहयोग पुर्‍याएको भन्दै कान्तिपुर जनरल हस्पिटलका प्रमुख सञ्चालन अधिकृत (COO) हिमाल रानालाई संस्थाले सम्मानसमेत गरेको थियो।

    कार्यक्रममा एकीकृत समृद्धि नेपालका अध्यक्ष भीमकुमार रोका मगर, कोषाध्यक्ष जुनु पुन मगर, कान्तिपुर डेन्टल हस्पिटलकी आशा अधिकारी, स्वेच्छा मरासैनि लगायत दुवै संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

    कार्यक्रममा बोल्दै COO हिमाल रानाले हस्पिटलले स्थापनाकालदेखि नै सामाजिक क्षेत्रमा विभिन्न महत्वपूर्ण कार्य गर्दै आएको बताए। उनका अनुसार हस्पिटलले देशका विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन, निःशुल्क स्वास्थ्य परीक्षण तथा गरिब र विपन्न परिवारलाई निःशुल्क उपचार सेवा प्रदान गर्दै आइरहेको छ। “एकीकृत समृद्धि नेपालमा आबद्ध बालबालिकाहरूलाई सहयोग गर्न पाउँदा अत्यन्त खुशी लागेको छ,” उनले भने, “आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय सेवामा निरन्तर लागिरहनेछौँ।” उनले आर्थिक सहयोगसँगै भविष्यमा स्वास्थ्य सहकार्यसमेत गर्ने प्रतिबद्धता व्यक्त गरे।

    कार्यक्रममा एकीकृत समृद्धि नेपालका पदाधिकारीहरूले पनि कान्तिपुर जनरल हस्पिटलले सामाजिक क्षेत्रमा गरेको योगदानको उच्च प्रशंसा गरेका थिए।

    कान्तिपुर जनरल हस्पिटल राजधानीमा आधुनिक स्वास्थ्य सेवा प्रदान गर्ने प्रमुख संस्थामध्ये एकका रूपमा स्थापित हुँदै गएको छ। कान्तिपुर डेन्टल कलेज/अस्पतालद्वारा सञ्चालित यो १०० शैयाको मल्टिस्पेशालिटी अस्पतालले २४ घण्टा आकस्मिक सेवासहित विभिन्न विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। अस्पतालमा प्रसूति तथा स्त्री रोग, पेट तथा कलेजोसम्बन्धी रोग, छाला रोग, मनोचिकित्सा, हृदय रोग, रेडियोलोजी, दन्त चिकित्सा, नाक–कान–घाँटी (ENT), मूत्ररोग, नेत्ररोग, रोग विज्ञान तथा जीवाणुतत्व विज्ञान लगायतका सेवासँगै भौतिक चिकित्सा तथा पुनर्स्थापना केन्द्र, हाडजोर्नी शल्यचिकित्सा सेवा तथा अत्याधुनिक परीक्षण सेवासमेत उपलब्ध छन्। अनुभवी चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीद्वारा सञ्चालन भइरहेको यस अस्पतालले उपचार सेवासँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकता दिँदै विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन, निःशुल्क स्वास्थ्य परीक्षण तथा गरिब तथा विपन्न बिरामीलाई सहुलियत तथा निःशुल्क उपचार सेवा प्रदान गर्दै आएको छ। अस्पताल धापासी, बसुन्धरा (प्रहरी बीट नजिक) रिङरोड, काठमाडौं–३ मा अवस्थित छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page