काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले यस पटक समयमै महाधिबेसन गर्ने निर्णय गरेको छ। पहिलो पटक महिला नेतृत्वमा पुगेको प्रतिष्ठानले रिता थापाको अध्यक्ष भए देखिनै सकारात्मक कामहरु हुदै आएको छ। दोहोरी क्षेत्रमा देखिएको बिकृति बिरुद्ध डटेर लागेकी रिताले यस पटक सस्थालाई आर्थिक हिसाबमा पनि बलियो बनाउन बिभिन्न कार्यक्रमहरु बनाउदै अगाडी बढेकी छिन। सस्थालाइ सहि समयमै नया टिमलाइ हस्तान्तरण गर्ने सोचमा रिता पुगेकी हुन्।
प्रतिष्ठानको हालसालै बसेको केन्द्रीय समितिको बैठकले फागुनमा नवौँ महाधिवेशन गर्ने निर्णय गरेको अध्यक्ष रीता थापा मगरले बताइन् । उनले फागुन १, २ र ३ गते महाधिवेशन गर्ने तय भएको जानकारी दिइन् ।
बैठकले प्रतिष्ठान जिल्ला वा सो सरहका समितिको अधिवेशन भदौ १४ गते र प्रतिष्ठान प्रदेश वा सो सरहका समितिको अधिवेशन भदौ २८ गते गर्ने निर्णय समेत गरेको छ ।
अध्यक्ष थापा मगरका अनुसार प्रदेश र महाधिवेशन प्रतिनिधि जिल्ला अधिवेशनकै दिनमा टुङ्गो लगाउने निर्णय समेत भएको छ । त्यसका साथै प्रतिष्ठानको सदस्यता डिजिटल वितरण र आजिवन सदस्य व्यवस्थित गर्ने निर्णय पनि भएको छ ।
महाधिवेशनले ३ वर्षका लागि नयाँ कार्यसमिति चुन्नेछ । महाधिवेशन स्थान भने तोक्न बाँकी छ । प्रतिष्ठानमा ३० हजार हाराहारी साधारण सदस्य, ३ हजार हाराहारी आजीवन सदस्य छन् ।
प्रतिष्ठानले जिल्ला, प्रदेश, उपत्यका र विदेश कार्यसमिति एकै दिन अधिवेशन सक्ने पनि तयारी गर्दै छ ।
-
सुमन परियार र मेनुका सोनीको ‘डिप्रेसन’ सार्वजनिक, प्रेम धोका र मानसिक पीडाको कथा
-
किन आयो युवा नेता मुकुन्द सिलवालको राजिनामा
-
कागभुसुण्डे मन्दिरमा धार्मिक एवं सांस्कृतिक कागबेनी मेला हुने
-
मानुङकोटको प्रेमकथामा आधारित बद्री सापकोटा र अमृत अधिकारीको ‘मानुङकोटैमा’ सार्वजनिक
-
लोक दोहोरी क्षेत्रमा जम्दै हरिचन्द्र भट्ट क्षेत्री