काठमाडौं– प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीलाई झम्सिखेल, पुल्चोक, ललितपुरस्थित होपफुल हराईजन नेपाल प्रालिमा मानसिक स्वास्थ्य सम्बन्धी सेवाहरूमा छुट प्रदान गर्न दुई पक्षीय समझदारी भएको छ ।
एक समारोहका बीच होपफुल हराईजन नेपालका तर्फबाट डा. प्रकृति प्रधान (परामर्शदाता मनोचिकित्सक) र प्रभु बैंकबाट प्रमुख मार्केटिङ्ग अफिसर रमेश कुमार श्रे्रष्ठले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका हुन् ।
उक्त समारोहमा प्रभु बैंकका प्रिभिलेज बैंङ्किङ प्रमुख, अन्जु बस्नेतको पनि उपस्थिति थियो ।
छुट पाउन बैंकको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक होपफुल हराईजनमा पेश गर्नुपर्ने बैंकले जनाएको छ ।
-
सुमन परियार र मेनुका सोनीको ‘डिप्रेसन’ सार्वजनिक, प्रेम धोका र मानसिक पीडाको कथा
-
किन आयो युवा नेता मुकुन्द सिलवालको राजिनामा
-
कागभुसुण्डे मन्दिरमा धार्मिक एवं सांस्कृतिक कागबेनी मेला हुने
-
मानुङकोटको प्रेमकथामा आधारित बद्री सापकोटा र अमृत अधिकारीको ‘मानुङकोटैमा’ सार्वजनिक
-
लोक दोहोरी क्षेत्रमा जम्दै हरिचन्द्र भट्ट क्षेत्री